आज: २०८१ बैशाख २८, शुक्रबार
ePaper
होमपेज /  Breaking News

काण्डै काण्ड लिएर मुगुका गाउँ गाउँमा काग्रेश

  • रारा रैबार
  • २०७६ जेष्ठ ६, सोमबार मा प्रकाशित
  • ५५८ पटक पढिएको

  • रामदेवि खड्का      
     जेठ ०६ मुगु
    नेपाली काग्रेश केन्दीय कार्यलयको अभियान अन्तरगत मुगु काग्रेशले पनी जन जागरण अभियाको सुरुवात गरेको छ । नेपाली काग्रेश मुगुले पहिलो चरणको अभियान अन्तरगत  गहेको बैशाख २७ गते  बाट जागरण अभियाको शुरुवाती गरहेको हो ।
     नेपाली कागे्रश मुगुले सरकारका काण्डै काण्ड लिएर गाउँ गाउँमा जागरण अभियान गरीरहेको छ ।   देशभर एक साथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तरगत मुगुका गाउँ गाउँमा काग्रशले कार्यक्रम गदै छ ।
    सबै जिल्ला, क्षेत्र, गाउँ नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान अन्तरगत नेपाली काग्रेश मुगुले पनी अभियान लाई तिव्र रुपमा अगाडी बढाएको नेपाली काग्रेश मुगुले जनाएको छ ।अभियान अवधिभर  वर्तमान सरकारले जनता लाई फैलाएको हावादारी गफ 
    र सुन काण्ड, वाईडवडी काण्ड निर्मला हत्या काण्ड जग्गा प्रकरण काण्ड लगायतका बारेमा जनता लाई सुशुचित गरी देश उदो गति तिर लागेको जानकारी गराउदै अभियान अगाढी बढाउने नेपाली काग्रेश मुगुका उप सभापती खगेन्द्र बहादुर मल्ले बताए । 
    उनका अनुसार नेपाली काग्रेश मुगुले  जिल्ला कार्यसमितिका सम्पुर्ण पदधिकारी लाई आ आप्नो स्थानीय  तहमा परिचालीत गरेर   घरदैलो अभियान , सहित परिवार भेटघाट,  जेष्ठ नागरीक भेटघाट लगायत सरकार बिरुद्ध खबरदारी काण्डै काण्डका बारेमा जनता लाई शुसुचित गरीरहेका मल्लको भनाई छ  । 
    जागरण अभियान अन्तरगत जेठ ५ गते मुगुमकामरोगं गाउँपालीको पुलुमा भब्य कार्यक्रम गरीएको छ भने ।जेठ १५गते सोरु गाउँपालीकाको कालैमा जेठ १८ गते खत्याड गाउँपालीकाको माथचौरमा र जेठ २५गते मुगु सदरमुकमा गमगढीमा भब्य समारोग गरी वर्तमान सरकारको खबरदारी गरी अधिनायक वाद सरकारका क्रियाकलापका बारेमा जनता लाई सुशुचित गरीने नेपाली काग्रेश मुगुले जनाएको छ  । 
    अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।  तीन चरणमा हुने अभियानको प्रथम चरण गहेको  वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । 
    त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले नेपाली काग्रेशले जनाएको छ ।  प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ । 

    प्रतिक्रिया दिनुहोस