आज: २०८१ बैशाख २४, सोमबार
ePaper
होमपेज /  Breaking News

कृषि बिकास बैङ्गकको ३७ लाख कर्जा अशुली गर्न समस्या

  • रारा रैबार
  • २०७५ चैत्र १८, सोमबार मा प्रकाशित
  • ८४४ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    चैत १८ मुगु
    जिल्ला कृषि बिकास बैक मुगुको ३७ लाख कर्जा अशुली गर्न समस्या भएको छ । २०७० साल देखि स्वरोजगार कर्जा र नियमित कर्जागरी ३७ लाख कर्जा अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङक मुगु शाखाले जनाएको छ । 
    ४१ जना संग स्वरोजगार कर्जा र १० जना संग नियमित कर्जा गरी ५१ जना ग्राहक बाट कर्जा सवा ब्याज अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङ्गक मुगु शाखाका प्रवन्धक जनक बहादुर शाहीले बताउनुभयो । 
    उहाँका अनुसार बारम्बार ग्राहकहरु लाई  मौखिक र लिखित जानकारी संगै  ताकेता  गर्दा पनी ग्राहकले नसुनेको जस्तै गरेको बताउनुभयो ।  एक हप्ता भित्र सवा ब्याज नबुझाएका धितो लिलाम गरीने  कृषि बिकास बैक मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस