आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

कोरोनाको महामारीकै बिचमा मुगुमा साउन पुर्णिमाको रौनक (फोटो फिचर)

  • रारा रैबार
  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित
  • १५६३ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन १९ मुगु
    मुगुः कोरोनाको महामारीकै बीचमा पनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका छन् । छायाँनाथ धामको तिर्थयात्रा शुरु भएसंगै पत्येक बर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा मेला लाग्ने गर्दछ । कर्णालीको कुल देवता मस्टो लगायत महादेवको साउन शुक्ल पुर्णीमामा  (तिथ्या पुनि ) अर्थात तिर्थ स्थल गहेर शुद्ध हुने पुर्णमाको अबसरमा धामिहरु नाच्ने चलन छ ।

    गहेको मंगलबार बाट छायाँनाथ रारा नगरपालिका वडा नं २ चैना गाउँमा रहेको छायानाथको मुर्ती मुगुमकामारोगं गाउँपालिका वडा नं २ डोल्फुमा रहेको छायानाथ धाममा नुहाउन लगीए संगै छायाँनाथ तिर्थयात्रा शुरु भएको मानिन्छ । सोहि तिर्थयात्रको क्रममा मुगु लगायत जिल्ला बाहिरका धामिझाग्री दर्शन गर्न छायाँनाथ र क्रणमोक्षमा पुग्ने गर्दछन ।

    साउन शुक्ल अष्टमीका दिन देखि साउन शुल पुर्णिमा सम्म तिर्थ स्थल छायाँनाथ ,क्रण मोक्षमा जाने र पुर्णमाको दिन फर्किए र गाउँमा धामी नाच्ने चलन छ । जनैपूर्णीमामा छायानाथ धाम र क्रण मोक्षमा मेला लाग्ने गर्दछ भने ,पूजापाठ, होम व्रत हुने गर्दछ ,त्यहाँ बरदान माग्न धामिझाग्री शुद्ध हुन तीर्थालुको ओइरा लाग्ने गर्दछ ।

    यस बर्ष कोरानको कारण जिल्ला बाहिरका धामिझाग्री लाई प्रवेश निषेध गरीएको भएपनि मुगुका धामि झाग्री छायाँनाथ धाम र क्रण मोक्ष मा दर्शन गरी फर्किएका छन ।विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथ धाममा पतन भएको हुँदा बर्षेनी छाययाँनाथामा साउन शुक्ल अष्टमीको दिन

    देखि पुर्णीमा सम्म मेला लाग्ने र तीर्थालुहरू श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान माग्न ,धामि झागी शुद्ध हुन तथा बिदो माग्न छायाँनाथ धाम र क्रणमोक्ष जाने गरेका पुजारी भिमप्रसाद चौलाईले बताए । तिर्थालु भक्त्तजन ,धामि झाग्री आज पुर्णमाको दिन फकिए पनि नुहाउन लगिएको छायाँनाथ र क्रणमोक्षको मुत्र्ति भने भोली परेउ पुर्णिमाको दिन फकिर्ने गर्दछ ।
    धामि नाचका झलक

     

    प्रतिक्रिया दिनुहोस