आज: २०८१ बैशाख २७, बिहिबार
ePaper
होमपेज /  Breaking News

खारेजी भएको रेडियो रारा अवैध रुपमा सञ्चालनमा

  • रारा रैबार
  • २०७६ भाद्र १७, मंगलबार मा प्रकाशित
  • ८१० पटक पढिएको
  • नन्द बहादुर रोकाया
    भदौ १७ मुगु 
    मुगु जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो रारा १०७.० मेगाहर्ज खारेजी भएको भएपनी मनपरी रुपमा सञ्चालन भएको छ । आर्थिक बर्ष २०७१÷०७२ सम्म रेडियोको नविकरण भएको भएपनी त्यस यताका तिन बर्ष रेडियो नविकरण नभई सुचना तथा सञ्चार मन्त्रालय बाट खारेज भएको भएपनी रेडियो सञ्चालनमा रहेको हो । 
    ५ सय वाट प्रसारण क्षमता बाट सञ्चालनमा रहेको रेडियो राराले आर्थिक बर्ष २०७१÷७२ नविकरण गरेको भएपनी तिन बर्ष देखि नविकरण नगरेको जिल्ला हुलाक कार्यलय जनाएको छ । 
    मन्त्रालयको  चलानी नम्बर ७५३  २०७३÷१२÷०७ को प्रत्र साथ प्राप्त रेडियो यन्त्र उपकरण सम्बन्धि कार्यविधि २०७३ को ७ को १ र २ मा लेखिए बमोजिम रारा एफ एफ को ईज्जाजत तथा अनुमती पत्र रद्ध भएको भएपनि रेडियो प्रशारणमा रहेको  जिल्ला हुलाक कार्यलयका  प्रमुख नाग्मल शाहीले जानकारी दिए । 
    खारेजि रेडियो सञ्चालन बन्द गर्नको लागी बारम्बार प्रत्र पठाएको भएपनी अटेरी रुपमा रेडियो सञ्चालन गरेकोे हुलाक कार्यलयले जनाएको छ । 
    यता छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरिजंग शाहीका अनुसार एफ एम रेडियो सञ्चालन प्रक्रिया स्थानीय सरकारको माताहतमा पर्ने भएकाले जिल्लामा सञ्चालीत तिन वटा एफ एफ लाई प्रत्र पठाएको भएपनी अन्य दुई रेडियोले  ईज्जाजत तथा अनुमती सहित नविकरण भएका प्रत्र पेश गरेका

     भएपनी रेडियो राराले कुनै कागज पेश नगरेको र  जिल्ला हुलाक कार्यलयलाई बुझदाँ सामुदायिक रेडियो रारा खारेजि भएको प्रमुख शाहीको भनाई छ ।
    प्रशारण बन्दको लागी सम्बन्धित निकायलाई प्रत्रचार गरेको भएपनी राजनैतिक कारण सुनुवाई नभएको नगरप्रमुख शाहीले आरोप लगाएका छन । 

    प्रतिक्रिया दिनुहोस