आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

खुशीको चाहना : चिकित्सक बनेर दुर्गममा सेवा गर्ने

  • रारा रैबार
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित
  • १४१७ पटक पढिएको
  •  रारारैवार संवाददाता
    असार ३१ मुग

    १४ बर्षिया खुशी रोकायाको चाहाना पशु चिकित्सक बन्ने छ । छायाँनाथ रारा नगरपालिका–५, ढुम गाउँकी उनी भबिष्यमा पशु चिकित्सक बनेर घरपालुवा जनावरको औषधि उपचार गरि सेवा प्रदान गर्ने लक्ष्य छ ।

    अधिकाँस बिद्यार्थीले बिना लक्ष्य शिक्षा हासिल गर्ने गरेका भएपनि खुशीले अहिलेदेखि नै पशु चिकित्सकको सपना देखेकी छन् । मानव अधिकार तथा बाताबरण बिकास केन्द्रको साझेदारी संस्था ब्याक टु लाइफले खुशीलाई कक्षा १ देखि पढाउदै आएको छ ।

    उनी अहिले ललितपुरस्थित सुदेसा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययन गर्दै छिन् । खुशीका बुबा छैनन् । आमा, एक दाजु र चार दिदी छन् । उनी माइली हु्न् । खुशीको जन्म भारतमा भएको हो । उनी सानो छँदा तातो तेलमा खसेर चिउडो गला र हातका पञ्जा जलेका छन् ।

    शारिरीक अपाङता भएपछि उनलाई पढ्न काम गर्न निकै मुश्किल अबस्था थियो । गाउँमा साथीभाइसँग खेल्न कठिन थियो । सन् २००९ मा खुशीको मन खुशी बनाउन मानब अधिकार तथा बाताबरण बिकास केन्द्रले सिफारिस गरेपछि ‘ब्याकटु लाइफ’ ले औषधि उपचार तथा उच्चतहसम्म पढाउने जिम्मा लिएको छ ।

    ब्याकटु लाइफले खुशीलाई काठमाडौस्थित सुष्मा मेमोरियल हस्पिटलमा औषधि उपचार गरेपछि पहिलेको तुलनामा खुशी अहिले स्वस्थ देखिएकी छन् । उपचारपछि खाना खान सक्ने काम गर्न सक्ने भएपछि खुशीको मन झन खुशीले छाएको छ ।

    ‘पहिले यस्तो अबस्थामा थिइनँ । ब्याकटु लाइफले औषधि उपचार गरि दिएपछि मेरो तेलले पोलिएका घाउ सबै ठिक भयो,’ खुशी भन्छिन् ‘हिजोआज म काम गर्न सक्ने खाना खान सक्छु भएकी छु ।’

    व्याक टु लाइफप्रति साह्रै आभारी रहेको बताउने खुशी मुस्कुराउदै भन्छिन् –‘मेरो जीवनलाई सहज बनाइ दियो । व्याकटु लाइफले मलाई पढ्ने व्यबस्था मिलाई दियो । गरिव परिवारमा जन्मेकी म एकातिर अपाङता अर्कोतिर बुबा छैनन् कसरी पढ्न सक्ने म ।’

    खुशीलाई औषधि उपचारदेखि स्कुलको पढाई बापत सम्पूर्ण खानाखर्च, कापी, कलम, झोला, बेड, ओढ्ने ओछ्याउन तथा कोठा भाडा समेत संस्थाले ब्यर्होदै आएको छ । चाडपर्ब तिहारमा खुशी घर आउँदा आतेजाते बापत जहाज भाडा र बस भाडा समेत संस्थाले ब्यर्होने गरेको छ ।

    कोरोना भाइरस महामारीको अबस्थामा यतिबेला खुसी मुगुस्थित आफ्नो घरमा आएकी छन् । घरमा पनि उनले बिहान बेलुका अनलाइन कक्षामा पढ्ने गरेकी छन् । उनको पढाइ पनि सारै तेजिलो र अक्षर पनि सारै राम्रा छन् । परिक्षामा उनी बि–प्लसमा उत्रिण हुदै आएकी छिन् ।

    खुशीको पढाई निकै राम्रो देखिएको मानव अधिकार तथा बाताबरण बिकास केन्द्रका सहायक कार्यक्रम प्रबन्धक बिष्णु रावत बताउछन् व्याकटु लाइफले खुशीलाई गरेको लगानी उपलब्धीतर्फ उन्मुख देखिएको उनको ठहर छ ।

    ब्याक टु लाइफले पशुचिकित्सकसम्म पढाई देओस् भन्ने खुशीको इच्छा छ । उनी भन्छिन् ‘केही कुराको खाँचो भयो कि भनेर मलाई बोडिङ ब्याकटु लाइफका सर धर्मराज पौडेल, डेकेन्द्र लाल ढकाल बेला–बेला सोध्न आउनुहुन्छ । सरहरुले अहिले जति नै माया गर्छपछि सम्म उत्तिकै माया ममता दिएर पशुचिकित्सक पढ्न सहयोग गरिदिनुहुन्छ भन्ने आसा छ ।’

    पशु चिकित्सक बनेपछि आफनै गाउँठाउ समुदायमा सेवा प्रदान गर्ने खुशीको चाहना छ । मुगु ढुम गाउँकी खुशी रोकाया संगै खत्याड गाउँपालिका रातपानी गाउँका जयप्रकास कार्की र कासीराम कार्कीलाई व्याकटु लाइफले नै पढाउदै आएको मानव अधिकार तथा बाताबरण बिकास केन्द्रमा परियोजना प्रबन्धक नवराज रावत बताउँछन् । जयप्रकासको एउटा हात नभएको र कासीराम टुहुरो भएको हुँदा संस्थाले शिक्षा प्रदान गरिदिएको रावतको भनाई छ ।

    २८ सय बिधार्थीलाई सहयोग
    मानव अधिकार तथा बाताबरण बिकास केन्द्रको सहजीकरणमा ब्याक टु लाइफले मुगुका २८ सय बिधार्थीलाई सहयोग उपलब्ध गराएको छ ।
    दुर्गम बस्ती र गरिव परिवारमा जन्मिएका छात्रछात्रालाई पढन सजिलो होसु भन्ने उद्धेश्यले व्याक टु लाइफले २८ सय बिधार्थीलाई सहयोग प्रदान गरेको संस्थाका परियोजना प्रबन्धक नवराज रावतले सुनाए । २८ सय बिद्यार्थीहरुलाई कापी, कलम, डे«स, डटपेन, झोला उपलब्ध गराउनुको साथै औषधि उपचार समेत गर्दै आएको रावत बताउछन् ।

    व्याक टु लाइफले गर्दा मुगुका अपाङगता भएका बिद्यार्थी गरिव तथा जेहेन्दारलाई पढन सजिलो भएको छ । मुगुका ग्रामिण बस्तीका महिला पुरुष बिधार्थी ब्याकटु लाइफप्रति खुशी देखिएका छन ।

    मानव अधिकार तथा बाताबरण बिकास केन्द्रको सहजीकरणमा ब्याक टु लाइफकै आर्थिक सहयोगमा मुगुका चारवटै स्थानीयतहमा सुबिधायुक्त १२ वटा प्रसुति भवन निर्माण गरि सेवा प्रदान गरेपछि दुर्गम क्षेत्रका महिलालाई सुरक्षित तरिकाले बच्चा जन्माउन सजिलो भएको र गर्भवती महिला पनि ब्याक टु लाइफ प्रति सारै खुशी भएको बताउँछन् ।

    अर्कोतिर ब्याक टु लाइफले ठूलो लगानी गरेर मुगुम कार्मारोङ गाउपालिकाको किम्री गाउँका १९ आगलागी पीडित परिवारलाई नयाँ घर निर्माण गरिदिएपछि उनीहरुले पनि खुसी व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस