आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

खेलाडीबीचको विवादका कारण प्रतियोगिता स्थगित

  • रारा रैबार
  • २०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित
  • १३७७ पटक पढिएको
  • दशैका अवसरमा आयोजना गरिएको महिला तथा फुटबल प्रतियोगिताको सेमि फाईनलको खेल प्रतिस्पर्धामा खेलाडीहरुबीच विवाद उत्पन्न भई हात हालहाल भए पछि प्रतियोगिता स्थगित भएको छ ।
    असोज १४ गते देखि सुरु भएको प्रतियोगितामा सहभागि महिलाका चार समुह र पुरुषका चौध समुह सहभागि भएकोमा पुरुष तर्फको सेमि फाईनल खेलको पहिलो प्रतिस्पर्धाको खेलमा आयोजक एवान स्पोर्ट क्लब श्रीनगर ‘ए‘ र रेडपाण्डा युवा क्लब श्रीनगर ‘ए’ बीचमा प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाको पहिलो हाफमा एक एक गोलको बराबरीमा रोकिएको थियो । प्रतिस्पर्धाको दोस्रो हाफको अन्त्यमा रेडपाण्डाले थप एक गोलको अग्रता लिएको थियो । दोसो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकि रहँदा फुटबल खेल्दा खेल्दै धकेला धकेल भएपछि हात हालहालको अवस्था सिर्जना भएको थियो फुटबल मैदान तनाव ग्रस्त बनेको थियो । विवाद उत्पन्न भई तनाव सिर्जना भए पछि त्यहाँ खटिएको सुरक्षाकर्मिले तनाव नियन्त्रण गरे पनि खेलाडीबीचको विवाद मिल्ने अवस्था नभए पछि विवाद गर्ने दुवै फुटबल समुहलाई खेलबाटै हटाईएको र बाँकि रहेका महिला तथा पुरुष सेमी फाईनलका प्रतिस्पर्धा समेत तत्काल स्थगित गरिएको आयोजक एवान स्पोर्ट क्लबका अध्यक्ष जयप्रकाश मल्लले जानकारी दिए । एकै गाविसका यि दुवै फुटबल क्लब बलिया छन भने हरेक आयोजनामा अन्तिममा दुवै क्लबको प्रतिस्पर्धा हुने र विवाद पनि हुदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस