आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

गमगढी बालै हुँदै पिना सम्मको सडक पहिरोले अवरुद्ध

  • रारा रैबार
  • २०७५ श्रावण ६, आईतबार मा प्रकाशित
  • ८०८ पटक पढिएको
  • नन्द बहादुर रोकाय
    मुगु, ६ साउन 
    मुगुको सदरमुकाम गमगढी देखि बालै हुँदै पिना सम्म जोडिएकोे सडक पहिरोले अवरुद्ध भएको छ । बर्षातको पानी संगै सडकमा पहिरो झरेपछि सडक अवरुद भएको हो ।सडकको ठाउँ ठाउँमा पहिरो गएको छ भने बुका खोलामा आएको पहिरोले सडक अवरुद्ध हुनका साथै आवतजावतमा निकै समस्या भएको छ। अवरुद सडक खुलाउने पहल कही कतैबाट नहुँदा स्‍थनीयलार्इ हिडडुल गर्न समस्या भइरहेको छ।बुका खोलामा बर्षेनी पहिरो जाने र सडक अवरुद्ध हुने गरेको भएपनि नत कुनै मर्मत सम्भार नत कुनै दिर्गकालीन टिकाउँ सडक बनाउने योजनमा बारे कसैले चासो देखाएका छैनन ।
    हिउदँका महिनामा सामान्य जीप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षाको मौसममा यो सडक बर्षेनी नियमित रुपमा अवरुद्ध हुँदै आएको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाइएकालेपनि ताल्चा बिमानस्थल तल रहेको सडक बुका खोलाले गर्दा खोला आसपासको सडकमा बर्षेनी पहिरो जाने गरेको छ।सडकको ट्रयाक खोलेको झण्डै ७ बर्ष वित्यो तर अझैपनि यस सडक खण्डमा सहज रुपमा यातायातका साधन गुड्न सक्दैनन् । मर्मत सम्भारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम पूर्ण बन्दै गएको छ ।साविकका तीन 

    गाविसबासी प्रत्यक्ष लाभाविन्त हुने यो सडक पछिल्लो समय मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।सदरमुकाम देखि १० किलोमिटर अगाडि पिनागा बिस सम्म पुगेको सडकलाई वि।स। २०६८ सालमा साविकका तिन गा बि स कार्कीवाडा, श्रीनगर र पिना गा बि सको कर्णीली रोजगारको रकममा विस्तार गरी गमगढी बालै हुदै पिना सम्म पुर्याइएको थियो । त्यसपछि गएको बर्ष साविकको जिल्ला विकास समितिको सहयोगमा ५० लाखमा सडक मर्मत गरिएको भएपनि त्यो काम झारा टार्ने पैसा कमाउने प्रविधिले मात्र काम भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिद्धय सिङ्क नेपालीले बताए ।उनले भने,’सडक पुरानै गोरेटो बाटो जस्तै छ ।

     यो समस्या बर्षेनी हुन्छ तर गमगढी बालै पिना सडकको स्तर उन्नतीको लागि कसैले चासो देखाएका छैनन।’सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका छन।सडक विस्तार भएको लामो समय भइसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा स्थानीय सरकार र जिल्ला स्थित राजनीतिक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयवासीले गुनासो गरेका छन । सडक जिर्ण बन्दै गएपछि विद्यार्थी वृद्धवृद्धालाई आवत जावतमा निकैै समस्या भएको छ ।

    प्रतिक्रिया दिनुहोस