आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

चन्द्र प्रकाश बढुवालको देउडा गित “टिम्क्या”सार्वजनिक

  • रारा रैबार
  • २०७९ श्रावण १३, शुक्रबार मा प्रकाशित
  • १४९७ पटक पढिएको
  • मुगु : खस भाषामा निमार्ण गरिएको चन्द्र प्रकाश बढुवालको मौलिक लोक देउडा गित टिम्क्या सार्वजनिक भएको छ । टिका सानुु युुटुव च्यानलबाट बुधबार सार्वजनिक भएको देउडा गित टिम्क्याले देशभरीका सबै दर्शकको मन जित्न सफल भएको पाईन्छ । रंगमञ्चमा रमाउने सबै दर्शकहरुले यो गितलाई मन पराई राम्रो मौलक देउडा गित भएको बताउदै आएका छन । दर्शकहरुले टिम्क्या नामक देउडा गितमा टिकटिक बनाई मनोरञ्जन समेत लिने गरेका छन । टिम्क्या भन्नलाले सबैको नजरमा पर्ने मात्तिएको अझ भनौ बैश चढेको केटि भनेर बुुझन सकिन्छ ।

    टिम्क्याको कथा बस्तुमा आधारित लोक देउडामा सबैको नजरमा पर्ने मात्तिएको बैश चढेको केटिले सामाजिक रुपमा माया पिरतिमा दोहोरोपन देखाउने गरेको हुनाले त्यसको पछि नलाग्न सन्देश दिईएको पाईन्छ । सुुदुर पश्चिम तथा कर्णाली प्रदेशमा गाईने यस्ता लोक देउडा भाकाले मनोरञ्न मात्र दिएका हुुदैन समाजमा हुुने बिभिन्न किसिमका सामाजिक क्रियाकलापको सन्देशपनि दिएका हुुन्छन ।

    त्यस्तै सन्देश दिन मुुगुुको छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेखमा जन्मनु भएका गायक चन्द्र प्रकाश बढुवालको टिम्क्या नामक खसभाषाको देउडा गित बजारमा आएको छ । गायक चन्द्र प्रकाश बढुवालको पहिलो प्रस्तुुतिका रुपमा रहेको टिम्क्या नामक देउडा गितले मनोरञ्जन मात्र दिईएको छैन संगै सामाजिक सन्देशपनि दिईएको पाईन्छ । टिम्क्या नामक गीतमा स्वरः चन्द्र प्रकाश बढुवाल, इरानी सुन्दरी भामको छ भने शब्द र संगीत चन्द्र प्रकाश बढुवाल, प्रबेश बढुवालको छ ।

    अभिनयमा चर्चित दोहोरी गायिका टीका सानू, सक्किगोनीका कबिराज भाम मान्ठा र चर्चित गजलकार साथै उदायमान कलाकार हिक्मत शाही क्षितिज लगायत अन्य कलाकारको छ । हिक्मत शाही क्षितिजको कथा बस्तुमा निर्मित उक्त गीतको निर्देशन भने बिनोद बमले गरेका छन । टिम्क्या गितका रचनाकार गायक चन्द्र प्रकाश बढुुवाल शिक्षक पेशामा आवद्ध रहि अन्य साहित्यमा पनि उत्तिकै रुचि राख्दै आउनुुभएको छ । बढुुवालले गजल,मुुक्तक गित, कविता समेत लेख्ने गर्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस