आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  अन्तरर्वार्ता

चिनियाँ कम्पनी आफैंले थाल्यो भैरहवा विमानस्थलको निर्माण

  • रारा रैबार
  • २०७३ चैत्र २१, सोमबार मा प्रकाशित
  • १०४५ पटक पढिएको
  • २१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।

    चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
    चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।

    सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।

    निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।

    प्रतिक्रिया दिनुहोस