आज: २०८१ बैशाख २४, सोमबार
ePaper
होमपेज /  Breaking News

छायाँनाथामा बाह्रै महिना दर्शन गर्न पाईने

  • रारा रैबार
  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित
  • १३१० पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन २० मुगु
    विश्वका चारधामको जेठोधामका रुपमा परिचत छायाँनाथ धाममा अब बाह्रै महिना दर्शन गर्न पाईने भएको छ । छायाँनाथ धाममा शिव पार्वतिको मुर्ति स्थापाना भए संगै अब जनैपुर्णिम बाह्यक अन्य समयमा पनि छायानाथ धाममा गहेमा पनि शिव माहदेवको दर्शन गर्न पाईने भएको हो ।
    जनै पुर्णिमाको अबसरमा छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पवित्र स्थल छायाँनाथ धाममा पुगी शिव माहदेवको मुर्ति स्थापाना गरेका छन । शिव र पार्वतिको मुर्ति स्थापाना संगै अब जुन सुकै समय छायाँनाथको दर्शन गर्न जाने दर्शालु भक्तजनले छायाँनाथको दर्शन संगै शिव माहदेवको पनि दर्शन गर्न पाउने भएका हुन ।

    छायानाथमा पुगेर,शिव, महादेवको रुप मानेर पुजा पाठ गर्ने, आ आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गरीन्छ ।  तर छायाँनाथ धाममा अन्य समयमा पनि भक्तालु त्यहाँ जाने भएकाले उनिहरुले शिव, महादेवको रुप मानेर दर्शन गर्न पाउदैन । छायाँनाथ धामको तिर्थ यात्र संगै भगवान शिव माहदेव पनि दर्शन गर्न भक्तालु लाई सहज होस भन्ने उदेश्यले मुर्ति स्थापाना गरेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरी जंग शाहीले बताए ।

     

    छायाँनाथको मुर्ति जनै पुर्णिमा मात्र छायाँनाध धाममा लगिन्छ । त्यस पछी मुर्ति लाई छायाँनाथ रारा नगरपालिका २ चैनमा स्थापित छायाँनाथ मन्दिरमा राखिने भएकाले पनि छायाँनाथ धाम जाने दर्शालु भक्तजनले भगवानको दर्शन गर्न पाउदैनन । अब जुनुसुकै समयमा पनि छायाँनाथ धामको तिर्थ यात्रा गर्नेहरुका लागि सहजका लागि मुत्र्ति स्थापाना गरेको नगरप्रमुख शाहीले बताए ।

     

    छायाँनाथधामको तिर्थ यात्रा साउन शुक्ल अष्टिमिका दिन बाट शुरु हुन्छ । मुगु भन्दा बाहिर जिल्लाका दर्शालु भक्तजन समय अभावका कारण साउन शुक्ल अष्टमि भन्दा अगाडी छायाँनाथधाममा जाने र उनिहरुले भगवान शिव,माहदेवको दर्शन गर्न नपाई फकिर्ने गरेका दर्शालु भक्तजन बताउछन ।
    पवित्र स्थल छायाँनाथ पुगेर भगवान शिव माहदेवका मुर्ति स्थापाना गर्न सहयोग गर्ने नगर प्रमुख शाहीलाई धन्यवाद दिदै छायाँनाथ दर्शन पुगेका भक्तजन बिर्ख शाहीले मुर्ति स्थापाना संगै अन्य समयमा छायाँनाथ धाममा जाने दर्शालु भक्तजनलाई पनि भगवान शिव माहदेवको दर्शन गर्न सहज हुने भएको भन्दै खुसी ब्यक्त गरेका छन ।


    विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छाानाथ धाममा पतन भएको हुँदा बर्षेनी छाययाँनाथामा साउन शुक्ल अष्टमीको दिन देखि पुर्णीमा परेउ सम्म जनै पुर्णिमा मेला लाग्ने र तीर्थालुहरू श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान माग्न ,धामि झागी शुद्ध हुन तथा बिदो माग्न छायाँनाथ धाम जाने गर्दछन ।
    मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीन दिनको पैदल यात्रा पछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँच हजार मिटर माथिको उचाइमा अवस्थित छ ।

    प्रतिक्रिया दिनुहोस