आज: २०८१ बैशाख २४, सोमबार
ePaper
होमपेज /  Breaking News

छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभाको उद्घाटन सत्र सम्पन्न

  • रारा रैबार
  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित
  • १४९७ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    असार १० मुगु
    मुगु जिल्लाको एक मात्र नगरपालिकाको नगरसभा असन्तृष्ट सदस्यहरुको नाराबाजी विच आज उद्घाटन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा बुधबार असन्तृष्ट सदस्यहरुको नाराबाजी विच नगरप्रमुख हरिजंग शाहीले दियोमा बत्ती बालेर उद्रघाटन गर्नु भएको हो ।
    नगरपालिकाकाका ७ वटा वडाका वडा अध्यक्ष सहित ३७ जना नगर कार्यपालिका सदस्यहरुले नगरप्रमुखलाई स्थानिय सरकार संचालन ऐन २०७४ विपरित विषयगत समितीहरुको बैठक बसाली आधीजसो वडाहरुका योजनाहरु नगरपालिकामा पेश नहुदै नगरसभा बोलाएको आरोप लगाउदै प्रकृगत रुपमा गएर नगरसभा गरौ भन्ने मागका साथ नारा बाजी गरेका थिए । असन्तृष्ट पक्षले नाराबाजी गरेपनि मेयर पक्ष सदस्यहरुको तालीका विच नगरप्रमुखले सदरमुकाम गमगढीमा रहेको अनुशा टप होटेलको सभाहलमा नगरपालिकाको सातौ नगर सभाको उद्घाटन गर्नु भएको थियो ।

    असन्तृष्ट पक्षका मागलाई लिएर बुधबारै विहान देखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा दिउसो १ बजेसम्म सहमतीका लागी बैठक बसेको थियो । १ बजे नेपाली काँगे्रसका जिल्ला सभापती खड्क बहादुर शाही र नेकपाका स्थानिय नेताहरु मंगल बहादुर शाही र धर्म बहादुर शाहीको उपस्थितीमा नगरप्रमुखले सातौ नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनः सभा बैठक बोलाउने र यस विचको समयमा सबै नगरसभा सदस्यहरु विच सहमती गर्ने निर्णय भएर नगरसभा उदुघाटन गर्ने स्थलमा गएर नगरसभा उद्घाटन गरेपनि सहमतीको उलंघन गदै असन्तृष्ट पक्षले अवरोध र नाराबाजी गरेको नगरप्रमुख हरिजंग शाहीले बताउनु भयो ।

    स्थानिय सरकारहरुले असार १० गतेबाट बजेट तथा निती कार्यक्रम ल्याउने प्रकृया शुरु गर्नु पर्ने कानुनी कारणले बाध्य भएर आज सातौ नगरसभाको प्रकृया शुरु गरेको पनि नगर प्रमुख शाहीले बताउनु भयो ।
    यता असतृष्ठ उपमेयर पक्षहरुले सधै आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफनो बहुमत जुटाई आफनो स्वार्थ पुरा गर्ने गरेकाले यो पटक सहमती,सहकार्य र समझदारीमा नगरसभा गरौ भन्दा पनि सहमती नगरेर बल मिचाई गरेर नगरसभा उद्घाटन गरेको उपप्रमुख सुन्तालाा रोकायाले बताउनु भयो ।
    नगरसभाको लागी प्रकृयामा जान वडा स्तरबाट योजना छनौट गरि विषयगत समितीहरुमा पेश गर्न पटक पटक पत्र पठाएको र बैठकमा बोलाएर पनि उपमेयर सहित उनी पक्षिय सदस्यहरु सहभागी हुने तर हस्ताक्षर नगरेर बाहिरिने गरेको नगरपालिकाले बताएको छ ।
    स्रोतका अनुसार नगरपालिकाले आफनो बजेट र निती तथा कार्यक्रम आजको सभा उद्घाटनमा पेश नगरेपनि अब नियमित बस्ने सभाको बैठक पेश गरि अनुमोदन गर्नेछ ।

    सभामा खुसार्नी प्रहार
    सदरमुकाम स्थित अनुशा होटेल एण्ड लजको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा उद्घाटनका लागी नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गदै गर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले नगर प्रमुख माथी खुसार्नीको धुलो प्रहार गरेका थिए । नगरप्रमुखलाई लक्षित गरि खुसानी प्रहार गरेपनि खुसानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । खुसानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।
    नगरसभा संचालन कार्यविधी बमोजिम कार्यपालिका नगरसभा विथोल्ने मनसायले खुसार्नी प्रहार गर्ने सदस्यलाई नगरसभामा उपस्थित हुन नपाउने गरि कारवाहि गर्ने पनि नगरपािलका सो्रतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस