आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

छायानाथ धामको तीर्थयात्रा शुरु

  • रारा रैबार
  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित
  • १३७० पटक पढिएको
  • SONY DSC

    रारारैवार संवाददाता
    साउन १३ मुगु
    बिश्वभरी फैलिको कोराना भाइरस कोभिड १९ को माहमारीकै बिच छायाँनाथ धामको तिर्थ यात्रा सुरु भएको छ । विभिन्न धाममध्येको जेठो धामका रुपमा चिनिदै आएको छायानाथ धामको तीर्थयात्रा मंगलबार बाट शुरु भएको हो ।

    छायानाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा शुरु भएको मानिन्छ ।
    हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको पुजारीहरु बताउछन ।

    मंगलबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमा सम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा आउने गरेका भएपनी यो बर्ष कोराना भाईरसको कारण संक्रमण बढ्न सक्ने भन्दै जिल्ला बाहिरका भक्तालुलाई छायाँनाथ धाम जान रोक लगाईएको छ भने जिल्ला भित्रका लागि मात्र अनुमति दिईएको छ ।

    जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न तीर्थालुको ओइरा लाग्ने गरेको छायानाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ ।

    छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । मंगलबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछ ।

    यसैबीच, बुधबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन् । त्यहाँ पनि जिल्ला बाहिरका तीर्थालु लाई दर्शन गर्न रोक लगाईएको छ ।

    कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरुमा विभिन्न ठाँउ तथा क्षेत्रहरुका भक्त्तालुहरुको भिडभाड हुने र कोरोना समुदाय स्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले श्रावण महिनामा छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा आउने भक्तालुजनहरुलाई नपठाई दिन भन्दै पत्रचार गरेपछि यो वर्ष भक्तालुहरु मुगु आउन नपाउने भएका छन ।

    जिल्ला प्रशासन कार्यालय मुगुले छायाँनाथ धाम र क्रृणमोक्ष मन्दिरमा आफना कुल देउता,धामी,झाक्रीहरुलाई शुद्ध गराउन र मनोईच्छा प्राप्ती गर्न बढी भक्तालुहरु आउने जुम्ला,हुम्ला,डोल्पा,कालिकोेट र बाजुरा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखि त्यहाँ जिल्लाहरुबाट उल्लेखित धार्मिक स्थलहरुमा आउने भक्तजनहरुको आवत जावतलाई रोकिदिन हुन भन्दै अनुरोध गरेको छ ।

    हिन्दुधर्मालम्विहरुको प्रमुख आस्थाको केन्द मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरनाका कारण भन्दै आवगामनमा रोक लगाएपछि अव के गर्ने कसरी आउने भन्दै चिन्ता प्रकट गरेर टाढा टाढा जिल्लाहरुबाट आफुलाई सम्पर्क गर्ने गरेको ब्रामण लक्ष्मी प्रसाद उपाध्यायले बताए ।

    छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै महिना हिउ जम्ने हिमालमा भएकाले दैनिक पुजाआजाका लागी महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा राखिदै आएका छन ।

    प्रतिक्रिया दिनुहोस