आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

जन्मदिनको अवसरमा दलित बिद्यार्थीलाई बोहोराको सहयोग

  • रारा रैबार
  • २०८० बैशाख ४, सोमबार मा प्रकाशित
  • १४१ पटक पढिएको
  • मुुगुु,हरेक बर्ष आफनो जन्म दिनको अवसरमा गरिब,दलित दिनदुुखिहरुलाई सहयोग गदै आउनुभएका छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँ निसासी तथा हाल स्पेनमा बसोबास गदै आउनुभएका समाजसेवि अक्कल बोहाराले यो बर्षपनि आफनो जन्मदिनको अवसरमा दलित बिद्यार्थीहरुलाई सहयोग गर्नुु भएको छ ।
    सोमबार ४ गते परेको समाजसेवि अक्कल बोहोराको आफनो जन्मदिनको अवसरमा उनले छायाँनाथ रारा नगरपालिका १२ बालचौर दलित बस्ती रहेको बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र सरसफाई सामग्री सहगोग गरेका हुन ।
    नेपाल राष्टिय आधारभुत बिद्यालय बालचौरमा अध्ययनरत ईसिडि कक्षा देखि ५ कक्षा सम्मका १ सय २३ जना बिद्याथीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्री र सरसफाई सामग्री सहयोग गर्नु भएको छ । कापी,कलम मन्जन, ब्रस साबुन गरेर पाँच प्रकारका सामग्री बिद्यार्थी लाई सहयोग गरेका बिद्यालयले जनाएको छ ।बिद्यालयको तर्फ बाट सहयोगीदाता बोहोरा लाई बिद्यालयका प्रधानध्यापक जोदा बहादुर बुढाले धन्यवाद समेत दिनुभएको छ ।
    छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बसोबास गदै आउनुभएका अक्कल बोहोरा जन्म दिन मात्र नभएर मुुगुु जिल्लाका दिन दुुखिका सारथि बनेका छन । उनले धेरै मुुगुु र मुुगुु जिल्ला बाहिरका मृगौला पिडित देखि अन्य जटिल रोगको उपचारमा समस्या भोगेकाहरु लाई सहयोग गदै आउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस