आज: २०८१ बैशाख २६, बुधबार
ePaper
होमपेज /  Breaking News

जुम्लामा रहेका टेलिशेन्टर प्रयोग बिहिन

  • रारा रैबार
  • २०७५ अषाढ २९, शुक्रबार मा प्रकाशित
  • ४६७ पटक पढिएको
  • शान्तिमाया खत्री 
    असार २९ जुम्ला
     जुम्ला जिल्लामा रहेका ३ वटा टेलिशेन्टर मध्ये २ वटा टेलि शेन्टर प्रयोग बिहिन अबस्थामा रहेका छन । जुम्लामा २०६६ सालबाट टेलि शेन्टर स्थापना गरेकोभए पनि २ वटा टेलि शेन्टर अहिले सञ्चालनमा नआएर प्रयोग बिहिन अबस्थामा रहेका हुन । ३ वटा टेलि शेन्टर मध्ये अहिले सम्म जिल्ला हुलाक कार्यालय जुम्लाको मात्र  प्रयोगमा आएको छ । इलाका हुलाका कार्यालय डिल्लीचौर र इलाका हुलाका कार्यालय मालीकाठाटाको टेलि शेन्टर प्रयोगमा नआएको जिल्ला हुलाक कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार डिल्लीचौर  इलाका हुलाका कार्यालय र मालीकाठाटा इलाका  हुलाक कार्यालयका टेलिसेन्टर एक बर्ष सम्म पनि काम नगरी बिग्रीएका छन । गाउमा बिद्युतको समस्या भएको हुदा २ वटा टेलिशेन्टर सञ्चालनमा नआएको जिल्ला हुलाक कार्यालय जुम्लाका निमित हुलाका अधिकृत जनक बहादुर नगरकोटिले बताएका छन । जिल्ला हुलाक कार्यालय जुम्लाको टेलिशेन्टर सदरमुकाम भित्र भएको हुदा स्थापन भए देखिनै सञ्चालन भई रहेको उनले बताएका छन । सञ्चालनमा भएको एउटा टेलिशेन्टरबाट नियमित मेल फ्याक्स,फोटोकफि र लेबिनेसन गर्ने लगाएतका काम हरु भई रहेको उनको भनाई रहेको छ ।  । आज रेडियो खुला आकाससँग कुराकानी गर्दै निमितm हुलाका अधिकृत  नगरकोटिले  हुलाक कार्यालयबाट दिईने सेवा सुबिधा हरु आफुहरुले नियमित रुपमा दिई रहेको हुदा सबैलाई कार्यालयको सुबिधा लिई दिन हुन आग्रह समेत गरेका छन । यसै बिच दुई वटा इलाका हुलाका कार्यालयका टेली शेन्टर प्रयोगमा अनआएको हुदा सेवा लिन असजिलो भएको स्थानिय बासीहरुले बताएका छन । दुवै ईलाका हुलाका कार्यालयका टेलि सेन्टरलाई प्रयोगमा ल्याउनको लागी  आबश्यक पहल भएता पनि प्रयोगमा आउन नसेको उनिहरुले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस