आज: २०८१ बैशाख २४, सोमबार
ePaper
होमपेज /  Breaking News

जुम्ला रारा अल्ट्रा म्याराथुनको उपाधी जुम्लाकै खेलाडीको हातमा

  • रारा रैबार
  • २०७५ अषाढ २८, बिहिबार मा प्रकाशित
  • ४७८ पटक पढिएको
  • शान्तिमाया खत्री, 
    असार २८ जुम्ला

    जुम्ला रारा अल्ट्रा म्याराथुनको उपाधी जुम्लाकै खेलाडीले हात पारेका छन् । पूरुष र महिला दुवै तर्फको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान जुम्लाकै खेलाडीहरुले हात पार्न सफल भए । पूरुष तर्फ दुर्गा बहादुर बुढा र महिला तर्फ सुनमाया बुढाले म्याराथुनको उपाधी हात पारेका छन । 
    पूरुष तर्फ निर्धारित दुरी  ५ घण्टा २०  मिनेट ३९ सेकेण्डमा मा पार गर्दै दुर्गा बहादुर बुढा र महिला तर्फ ६ घण्टा ३४ मिनेट ५१ सेकेण्डमा पार गर्दै सुनमाया बुढाले उपाधी जित्नुभयो । यस्तै प्रतियोगितामा पूरुष तर्फ ५ घण्टा २८ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै जुम्लाकै धिरबहादुर बुढा दोस्रो हुनुभयो ।
     महिला तर्फ राममाया बुढा दोस्रो हुनुभयो । प्रतियोगितामा जिल्ला बाहीरबाट ३६ जना खेलाडीले भाग लिएको भएपनि जुम्लाकै खेलाडीहरुले उपाधी जित्न सफल भएका हुन् । प्रतियोगिता जुम्ला सदरमुकाम देखि शुरु भई मुगुको हुटु लेकमा पुगेर टुङ्गिएको थियो । 
    जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाईमा रहेको डाँफे लेक हुँदै, न्याउरीघाट, चौथा, र ४ हजार १७ मिटर उचाईमा रहेको चुचेमाराबाट मिलीचौर हुँदै मुगुको हुटु लेक भएर राराताल पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस