आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

जुम्ला–रारा अल्ट्रा म्याराथुनमा दल कुुवंर प्रथम ।।

  • रारा रैबार
  • २०८० बैशाख १२, मंगलबार मा प्रकाशित
  • १४२ पटक पढिएको
  • बैशाख ११ मुग, जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० को उपाधि जुम्लाका दल बहादुर कुुवंरले जित्नुभएको छ । आज बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुुवंरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा पुरा गरी प्रथम हुन ुभएको हो ।४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुुढा तृतीय स्थान आउन सफल भएका कर्णाली खेलकुद क्लबका सचिव मधुुराज न्यौपानेले जानकारी दिनुभयो ।यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोव ब रावत पाचौ स्थान प्राप्त गर्नुभएको छ ।
      महिला तर्फ मञ्जुु प्रथम

    यसैगरी, महिलातर्फ छ घण्टा ६ मिनेट २३ सेकेण्डमा जुुम्लाकै मञ्जु रावत जुु प्रथम, ६ घण्टा ५४ मिनेट २७ सेकेण्डभित्र पार गरी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेण्डमा पार गरी अनिता बुढा तृतीय हुनु भएको छ भने ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसा बुुढा रोकाया पाचौ स्थान प्राप्त गर्नु भएको छ । प्रतियोगीताको उपाधि जित्ने पुुरुष ,महिला सबै जुम्लाका हुन् ।जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० खेलमा जुुम्लाा बाट रारा हुटुु सम्मको ४९ किलोमिटरमा भाग लिएका ७० जना मध्ये ५१ जना मात्रै रारा पुगेको जनाइएको छ ।क्लबले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १ लाख , ७५ हजार ५० र चौथौ र पाँचौ हुने खेलाडी २०÷२० हजार नगद सहित प्रमाणपत्र प्राप्त गने भएका छन । म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा दौडेका थिए । पुुरुस्कार मंगलबार बिहाना रारातालको किनारमा कार्यक्रम गरि प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ । यसै बिच जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८०को अन्य छोटो दुरीका खेल प्रतियोगितामा गरेर ३ सय जना सहभागी भएका जनाईएको छ । कर्णालीको पर्यटन प्रवद्र्धनका लागी चौथौ रारा अल्टा म्याराथुन सुुरु गरिएको हो ।यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा टेवा पुुग्ने उदेश्य सहित हरेक बर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला–रारा अल्ट्रा म्याराथुन गदै आएका र यो बर्षपनि आयोजना गरिएको आयोजक स्रोतले जनाएको छ । यो संगै यस जुम्ला–रारा अल्ट्रा म्याराथुनमा अमेरीकाका २ ,भारतका १ आयरल्याण्ड १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुुम्लाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस