आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

जुुम्लाले जित्यो स्व हेमराज भाम स्मृतिकपको उपाधि

  • रारा रैबार
  • २०८० बैशाख ९, शनिबार मा प्रकाशित
  • १६६ पटक पढिएको
  • मुुगुु,जुुम्ला फुटबल क्लबले प्रथम स्वर्गिय हेमराज भाम स्मृति कप फुटबलको उपाधि जितेको छ । शनिबार मुुगुुको सदरमुकाम गमगढी स्थित श्री महाकाली माध्यामिक बिद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा घरेलुु टोली रेडपाण्डा युुर्थ क्लबलाई ३–१ ले पराजित गर्दै जुम्ला फुुटबल क्लबले उपाधि जितेको हो ।

    फाईनल खेलमा जुुम्ला फुटबल क्लब सुरुवातदेखि नै हावी भएको थियो । १० औं मिनेटमा जुुम्लाका लागी अभिशेष बुढथापाले गोल गरेर अग्रता दिलाएका थिय ।जुुम्लाका लागि १० औं मिनेटमा अभिशेष थापा र २० औं मिनेटमा शेखर शाहीले गोल गरे । घरेलुु टोली रेडपाण्डाले ४५ औं मिनेटमा गोल फर्काएको थियो ।
    त्यसपछि खेलको अन्तिम ८६औ मिनेटमा जुुम्लाका अभिशेष बुढथापाले पुन गोल गदै घरेलु टोली रेडपाण्डा युुर्थ क्लबलाई ३–१ ले पराजित गर्दैे जुुम्ला फुुटबल क्लबले उपाधि कब्जा गर्न सफल भएको थियो । विजेता जुम्ला फुटबल क्लबले प्रमाण प्रत्र मेडल सहित १ लाख पुुरुस्कार पाएको छ भने उप विजेता भएको घरेलुटोली रेडपाण्डा क्लबले प्रमाणप्रत्र मेडल सहित नगद ३५ हजार पाएको छ ।
    रुविन भण्डारी उत्कृष्ट खेलाडी
    जुुम्लाका फुटबल स्टाईगर रुविन भण्डारी स्व हेमराज भाम स्मृति कप फुटबलको खेल अवधिभर राम्रो खेलखेल्दै उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका रुविन उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
    उनले रारा भिलेज रिर्सोटको तर्फ बाट नगद ५हजार पुरस्कार पनि प्राप्त गरे । यसै बिच उत्कृष्ट स्टाईगर जुुम्लाका अभिशेष बुुढथापा, उत्कृष्ट गोलकिपर जुुम्लाकै प्रवेश बुढथापा, उत्कृष्ट डिफेन्डर रेडपाण्डाका मदन शाही, र उत्कृष्ट गोलकर्तामा ए वान स्र्पोट क्लबका रोहीत मल्ल घोषित भएका छन ।
    सबै भन्दा ठुलो धन राशि
    मुगुमा पहिलो पटक सबै भन्दा ठुुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना गरिएको छ । स्वर्गिय हेमराज भामको सम्झनामा भामवाडा फुुटबल क्लबको आयोजनामा १ लाख पुरुस्कार सहितको ठुलो धन राशिको फुटबल प्रतियोगिता गरिएको हो । मुुगुु जिल्लाको ईतिहासमा आज सम्म यति ठुलो धनराशिको कुनै पनि आयोजना भएका थिएनन ।

    भामवाडा फुटबल क्ल्बका तत्कालीन कप्तान हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको सफल खेलाडी गुमाउनुपरेकोले उनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरेको भामवाडा फुटबल क्लबका अध्यक्ष गणेश सेजुवालले जानकारी दिए । फुुटबल गत महिना चैत २९ गते बाट सुुरु भएको थियो । फुटबलमा जिल्ला भित्र र अन्तर जिल्लाका गरेर २८ टिमले सहभागीता जनाएका थिय ।

    प्रतिक्रिया दिनुहोस