आज: २०८१ बैशाख २३, आईतबार
ePaper
होमपेज /  Breaking News

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ खेलाडीलाई कोरोना

  • रारा रैबार
  • २०७८ पौष ५, सोमबार मा प्रकाशित
  • ८१३ पटक पढिएको
  • ताञ्जानिया र ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिेटिभ भएका बताइएको छ ।

    यहाँका फुटबल अधिकारीहरूले सो जानकारी दिएका हुन् । उनीहरूका अनुसार ती खेलाडीहरू अहिले खेलका लागि बुरुन्डी पुगेका थिए । उनीहरू बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचारमा जनाइएको छ । उनीहरू विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको छ ।

    उनीहरू बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहका थिए । त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरु खेल्न नपाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस