आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  Breaking News

तारादेबि शाही स्मृति प्रतिष्ठानद्धारा स्वास्थ्य सामग्री हस्तान्त्रण

  • रारा रैबार
  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित
  • ११०४ पटक पढिएको
  • रारारैवार संवाददाता
    असोज २२ मुगु
    जिल्लामा कोरोना महामारीलाई लक्षित गरि तारादेबि शाही स्मृति प्रतिष्ठानले बुधबार दिउसो स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल ठिनीलाई १ हजार पिस माक्स ५ सय लिटर सेनिटाइजर १० वटा फेससिल्ड, जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस माक्स र ५ सय लिटर सेनिटाइजर र नेपाल पत्रकार महासंघ मुगु शाखालाई ३ सय पिस माक्स र १० वटा फेससिल्ड उपलब्ध गराएको छ ।

    कोरोना महामारीको बेला अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी कार्यालयका सुरक्षाकर्मीलाई सजिलो होस भन्ने हिसावले माक्स, सेनिटाइजर र फेससिल्ड प्रदान गरिएको तारादेबि शाही स्मृति प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बिक्रम शाहीले बताए । त्यसै गरि गमगढी बजार क्षेत्रमा ५ सय पिस माक्स बितरण गरिएको उनले बताए । जिल्लामा कार्यरत पत्रकारहरुलाई पनि समाचार संकलनको लागि यताउती हिडडुल गर्दा कोरोना जोखिम नहोस भन्ने हिसावले माक्स र फेससिल्ड उपलब्ध गराएको अध्यक्ष शाहीको भनाई छ ।

    तारादेबी शाही स्मृति प्रतिष्ठानको स्वास्थ्य समाग्री जिल्ला अस्पातल जिप्रकामा हस्तान्त्रण गर्न प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बिक्रम शाही, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राजबहादुर शाही, नेपाल स्वयमसेवक युवा सगठनका अध्यक्ष सोबिन्द्र बिक्रम मल्ल, नेपाल बिधार्थी संघका नेता गेहेन्द्र शम्शेर मल्ल, लगायत ब्यक्ति सहभागी थिए ।

    बिस २०६३ सालमा काठमाडौंमा बिधिवत रुपमा दर्ता भएको तारादेबि शाही प्रतिष्ठानले बिभिन्न सामाजिक कार्य, विपत प्रकोपबाट पिडित व्यक्तिलार्ई राहत संकलन गरेर बितरण गर्ने, दुर्गम बस्तीमा बिभिन्न जनचेतनामुलक कार्य गर्दै आएको छ । प्रतिष्ठानले सामाजिक कार्यको लागि बिभिन्न संघ संस्था, सरकारी निकाय, गैरआवासीय संघ, उद्यमी जस्ता निकाय संग समन्वय सहकार्य गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस