आज: २०८१ बैशाख १८, मंगलबार
ePaper
होमपेज /  Breaking News

तिर्प गाउँमा सिचाई कुुलो निमार्ण,किसान खुसी

  • रारा रैबार
  • २०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित
  • ३१० पटक पढिएको
  • हाम्रो रारारैवार संवाददाता
    जेठ १६ मुगु
    मुगु ः मुुगुको छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँमा सिचाई कुलो निमार्ण भएपछि किसान खुसी भएका छन । तिर्प गाउँ खेतियोग्य जमिनको लागि सिचाई कुलो निर्माण भई सञ्चालनमा आएसंगै यहाँका किसानहरुमा खुसी छाएको हो ।
    विगतका बर्षहरुमा आकाशेपानिको भरमा खेतिपाति गदै आएका र आकाशे पानीको भरपर्नु पर्ने बाध्यता खेप्दै आएका यहाँका किसान सिचाई कुलो सञ्चालनमा आएसंगै त्यो बाध्यता टर्रेको बताउँछन । गाउँमा सिँचाइका लागि कुलो बनेपछि उब्जनी पनि बढ्ने यहाँका किसानहरूको आशा पलाएको छ ।

    कर्णालीका किसानहरूलाई सिँचाइ अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । पाखो जमिन र सिँचाइ सुविधा नहुनाले पनि कर्णालीमा सोचे अनुरुप उब्जनी हुदैन ।ग्रामिण समुदाय बिकास केन्द्र आर सि डि सि द्धारा सञ्चालीत यु एस आईडि मर्सीकोरको आर्थिक सहयोग भकारी परियोजन अन्र्तगत तिर्प गाउँमा ३ सय २० मिटर सिँचाइ कुलो निमार्ण भई सञ्चालनमा आए संगै यहाँका किसानमा खुसी छाउनुका साथै आकाशे पानिको खेति गर्ने बाध्यता टरेको बताउछन ।

    सिचाईकुलो निमार्ण भई सञ्चालनमा आएसंगै तिर्प सिचाईकुलो निमार्ण समितीका अध्यक्ष बियकला मल्लका अनुसार अब आकाशे पानीको भर पर्नु नपर्ने र किसानको उत्पादन पनि बढ्ने भन्दै खुसी ब्यक्त गरिन ।उनका अनुसार सिँचाइ कुलो निर्माण मा महिला पुरुष सबैजनाले रातदिन नभनी साबेल, घन उठाएर काम गरी कुुलो निमार्ण गरेका र केहि दिन भएपनि गाउँमै रोजगारी संगै सिचाई सुविधिाले आफूहरू सन्तुष्ट रहेको पनि उनले बताईन ।

    सिँचाइ सुविधा पुगेपछि किसानको उत्पादन बढ्ने र खाद्य समस्या हट्दै जाने अपेक्षा गरिएको छ । कुलो निर्माण भएपछि स्थानीयले खेतमा सिँचाइ गरी उत्पादन पनि बढ्ने भएकाले भकारी परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको भकारी परियोजना संयोजक कर्णजङ्ग शाहीले बताए । कुल निमार्णमा संस्थाको तर्फ बाट १४ लाख ८९ हजार ९ सय ५ र जन श्रमदान बाट १ लाख ७६ हजार ८ सय २५ गरी जम्मा १६लाख ६६ हजार ७ सय ३१ मा सिचाई कुलो निमार्ण भएको जनाईएको छ ।

     

    प्रतिक्रिया दिनुहोस