आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

दशैंका अवसरमा फुटबल प्रतियोगिता सुरु

  • रारा रैबार
  • २०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित
  • १२८४ पटक पढिएको
  • असोज १४ मुगु——————
    बडा दशैंको उपलक्ष्यमा सदरमुकाम गमगढीमा मंगलवार देखि महिला तथा पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ ।
    ए वान स्पोर्ट क्लब श्रीनगरको आयोजनामा मंगलबार देखि सुरु भएको प्रतियोगितामा १४ वटा पुरुष फुटबल समुहले् भाग लिएका छन भने चार वटा महिला समुह प्रतियोगितामा सहभागि भएका छन । प्रतियोगिताको उदघाटन खेलको पहिलो प्रर्तिस्पर्धामा एवान स्पोर्ट क्लब ए समुह र सि समुह बीचमा भएको खेलमा एवान स्पोर्ट क्लब ए ले सि समुहले छ दुई गोलले विजयी सुरुवात गरेको छ । दशैको शुभकामना आदान प्रदानसंगै सुरु भएको प्रतियोगिता अहिलेसम्मकै ठुलो पुरस्कार राशी रहेको आयोजक क्लबका अध्यक्ष जयप्रकाश मल्लले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद पन्ध्र हजार सहित खसि पाउने छ भने दोस्रो, तेस्रो हुनेले क्रमश नगद १३ हजार र १० हजार पाउने छन । प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता नक आउट प्रक्रियाबाट खेलाईने छ ।

    प्रतिक्रिया दिनुहोस