आज: २०८१ बैशाख २८, शुक्रबार
ePaper
होमपेज /  Breaking News

नेत्र ज्योति सघं कर्णाली प्रदेशको सभापतीमा मल्ल

  • रारा रैबार
  • २०७६ भाद्र १२, बिहिबार मा प्रकाशित
  • ७१२ पटक पढिएको
  • रारा रैवार सम्वाददाता 
    भदौ १२ मुगु

    मुगुः कर्णाली प्रदेशको सुर्खेतमा जारी नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मुगु नेत्र ज्योति संघका अध्यक्ष तिलक बहादुर मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा निबिरोध निर्वाचित भएका छन ।कर्णाली प्रदेशका ५ जिल्ला बाट सहभागी पदाधीकारी सबैको मनोनयमा मुगु बाट प्रतिनिधित्व गदै आएका मल्ल प्रदेश सभापतीमा निर्विरोध निर्वाचित भएका हुन  ।
    मुगु ,जुम्ला हम्ला ,कालीकोट पश्चिम रुकुममा नेपाल नेत्र ज्योति संघको शाखा बिस्तार गरी पहिलो पटक कर्णाली प्रदेशको सुर्खेतमा अधिबेशन गरी मल्लको सभापतीत्वमा ८ सदस्यि नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेश संघको गठन गरीएको छ ।यसै बिच कर्णाली प्रदेशको सभापतीमा र्निविरोध  निर्वाचित भएका मल्लले  अब कर्णाली बासीले आखको उपचारमा समस्या भोगि अन्धकारमा बस्ने दिन हट्दै जाने बताए । उनका अनुसार कर्णाली प्रदेशमा आर्थिक अभावले आखाँको उपचारमा समस्या भोगेहरुको खोजि गदै र्दुगम गाउँमा आँखाको शिविर राखि उपचार गराउने तर्फ लागी पर्ने सभापती मल्लको भनाई छ  । 
    यस अघि पनी मुगु नेत्र ज्योति संघको अध्यक्ष हुदा पनी  बिभिन्न समय आँखा शिविर सञ्चालन गरी हजारौ मोतिया बिन्दु भएका आँखाका रोगिको निशुल्क उपचार गरान सफल भएका  बताउदै मल्ल अब कर्णाली बासीको हितमा र  जहाँ आँखाका  बिरामी छन त्यहि ठाउँमा गहेर उपचार गराउने मल्लले बताए । 

    २० बर्ष देखि आँखाको क्षेत्रमा सेवा गदै आएका मल्ल कर्णाली प्रदेशको सभापतीमा निर्वाचितले कर्णाली प्रदेश बासी खुसी भएका छन । सामाजिक क्षेत्रमा योगदान गदै आएका मल्ल नेपाल रेडक्रस सोसाईटि कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस