आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

नेपाली महिला भलिबल टोली फाइनलमा

  • रारा रैबार
  • २०७८ पौष ११, आईतबार मा प्रकाशित
  • ७९८ पटक पढिएको
  • काठमाडौं : नेपाली महिला भलिबल टोलीले आइतबार उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ ।

    बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३, २५–१४ को स्कोरमा हराउँदै फाइनलमा

    ‘‘जितसँगै फाइनलमा स्थान बनाएका छौँ । बाँकी खेल उच्च मनोबलका साथ कुनै पनि सेट नगुमाई उपाधि जित्नेमा हामी आशावादी छौँ,’’ नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले भने, ‘‘उपाधिका लागि श्रीलंका वा उज्वेकिस्तानविरुद्ध खेल्नेपर्नेछ । लिग चरणमा हामीले दुवै टोलीलाई हराइसकेका छौँ । त्यसकारण हामीलाई कुनै दबाव हुनेछैन ।’’

    प्रतियोगितामा अपराजित उज्वेकिस्तानको यो पहिलो हार हो । नेपाल प्रतियोगिताको साविक विजेता हो । सुरुका खेलमा जित हासिल गरे पनि टोलीको प्रदर्शनबाट प्रशिक्षक सन्तुष्ट थिएनन् । तथापि अहिले टिमले लय समाइसकेको प्रशिक्षक भट्टले बताए ।

    प्रतिक्रिया दिनुहोस