आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

पर्यटकले धावनमार्गको हिउ हटाई दिदा उडानमा सहज ।

  • रारा रैबार
  • २०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित
  • ११९२ पटक पढिएको
  • निर्पेन्द्र बहादुर मल्ल
    फाल्गुण २९ गते
    सधै हिउ परेपछि महिना दिन भन्दा बन्ध हुने नेपाल कै अग्लो स्थानमा रहेको सिमिकोट विमान स्थलमा यो चोटी बाख्लो हिउ जमेपनि ३ दिन मै धावनमार्ग संचालनमा आएको छ ।
    सिमिकोट नागरिक उड्डेन कार्यालयले धावनमार्गमा जमेको हिउ फाल्न विगत बर्षहरुमा स्काभेटर तयारी अवस्थामा राखेपनि मेसिन चलाउने चालक नहुदा धावन मार्गमा रहेको हिउ हटाउन समस्या हुने गरेको थियो तर फाल्गुण २७ र २८ गते सिमिकोटमा ३ फिट भन्दा बाक्लो हिउ परयो र धावन मार्गमा हिउ जमेकाले सबैले विगत बर्षहरुमा झै यो बर्ष पनि लामो समयसम्म विमान स्थल बन्ध हुने भयो भनेर कुरा गर्न थाले ।
    सिमिकोट बासीले सोचेको भन्दा फरक भैदियो फाल्गुण ३० गते हिउ जमेको ३ दिन नविल्दै सिमिकोट विमान स्थलमा विभिन्न कम्पनीका जहाजले उडान भरे । स्थानियले अचम्म माने । जव उनीहरु नागरिक उड्डेन कार्यालयमा पुगे तब थाहा पाए हुम्ला घुम्न आएका २ विदेशीले स्काईभेटर चलाएर विमान स्थलको हिउ हटाई दिएपछि विमान स्थल संचालनमा आएको रहेकोछ ।

    स्काईभेटर चलाउने ज्ञान नहुदा माल भएरपनि हुम्लीहरुले चाल पाएका थिएनन । आफुहरुलाई मेसिन चलाउन आउछ विना पारिश्रमिक चलाई दिने भनेपछि एकछिन त पत्यार लागेको थिएन तर चलाएपछि खुशी लाग्यो र हिउ हटाउन अनुमती दिए सिमिकोट नागरिक उड्डेन कार्यालयका प्रमुख भिमदत्त पन्तले भन्नुभयो । मेडिकल टिम ईन्टरनेशनल नेपालका निर्देशक एन्डर्स र्नकट र मेडिकल टिम ईन्टरनेशनल हेट क्वाटरका पट्रिकसि वान्सके मुगु,हुम्ला र बाजुरा जिल्लामा भविष्यमा आफनो सस्था मार्फत स्वास्थ्य कार्यक्रम संचालन गर्न सम्भाव्यता अध्यन गर्ने क्रमका सिमिकोट पुगेका रहेछन ।
    २९ गते विहान ६ बजेबाट बेलुका ६ बजेसम्म दुवै जनाले पालैपाले स्काभेटर चलाएर हिउ हटाएको र त्यो कामको मुल्याकन गर्नै नसकिने पनि प्रमुख पन्थले बताउनु भयो ।
    विदेशी भएर पनि आफनै ठाँउको जस्तो सोचेर विना पारिश्रमिक चिसो र थकानको प्रवाह नगरी राज्यबाट दुर रहेका हुम्ली जनतालाई समय मै हवाई सेवादिन स्काभेटर चलाएर हिउ सफा गरेपछि हुम्लीहरु खुशी भएका छन । प्रारम्भिक चरण मै सहयोगी हातहरु फैलाउने यी दुवैलाई हुम्ला जस्ता विकट जिल्लाहरुमा भोग,रोगमा पल्सिएका जनतालाई मध्यविन्दूमा राखी कार्यक्रम संचालन गर्न पनि स्थानियहरुले आग्रह गरेका छन उनीहरुले कार्यक्रम संचालनमा आउने बाधा अडचनमा हातमा हात मिलाएर सहयोग गर्ने पनि प्रतिवद्घता जनाएका छन ।
    हवाई बाहेक यातायातको अर्को विकल्प नभएको हुम्लामा विगत बर्षहरुमा हिउ कै कारण विमान स्थल लामो समयसम्म बन्ध हुदा समय मै सुविधासम्पन्न अस्पतालहरुमा उपचार गर्न नपाएर कयौ हुम्लीहरुले मृत्यु स्विकार्नु परेका दुखान्त घटनाहरु रहेकाछन ।
    नेपालका ७५ जिल्लाहरु मध्य ७३ जिल्ला सदरमुकामसम्म सडक पुगेपनि कर्णाली अंचलका डोल्पा र हुम्ला जिल्ला केन्द्रिय सडक संजालबाट टाढा रहेका छन । ति जिल्लाहरुमा हवाई सेवा बाहेक अर्को विकल्प छैन ।

    प्रतिक्रिया दिनुहोस