आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

प्रचण्डले गरे ओलीलाई महाधिवेशनमा निम्तो

  • रारा रैबार
  • २०७८ पौष ११, आईतबार मा प्रकाशित
  • ३६२ पटक पढिएको
  • काठमाडौं : नेकपा  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ( नेकपा एमाले ) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन् ।

    प्रचण्डले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ महाधिवेशनमा आमन्त्रण गरेको उनका स्वकीयसचिव रमेश मल्लले जानकारी दिए । तर, ओलीले आफू झापामा भएको भन्दै प्रतिनिधि पठाउने जवाफ दिएको मल्लले बताए ।

    माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिएसँगै अरू दलका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ । काठमाडौंमा आज दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन गरिने तय छ ।

    प्रतिक्रिया दिनुहोस