आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको अनुगमन गर्ने

  • रारा रैबार
  • २०७५ अषाढ १५, शुक्रबार मा प्रकाशित
  • ७२० पटक पढिएको

  • १५ असार रारा रैवार मुगु

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताउनुभएको छ । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयको 
    बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो  बताउनुभएको हो ।  भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको उहाँले बताउनुभयो । 
    विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुर्नगठन गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।  सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
     “सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि ,लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।
    ” भूकम्प पछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको  भनाइ छ । प्रधानमन्त्री ओलीले केही बर्षभित्र नेपालमा  गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस