आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

प्रधानमन्त्री प्रचण्ड धोकेवाज नेता हुन : योगेश भट्राई

  • रारा रैबार
  • २०७९ चैत्र १४, मंगलबार मा प्रकाशित
  • १५१ पटक पढिएको
  • रारा रैवार संवाददाता
    चैत १३ मुगु
    नेपाल कम्युनिष्ट पार्टि (एमालेका) का पार्टि सचिव योगेश भट्राईले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) धोकेवाज नेता भएको बताएका छन । नेपाल पत्रकार महासंघ मुगु शाखाद्धारा आयोजित नेकपा(एमालेका)का पार्टि सचिव योगेश भट्राई संगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) धोकेवाज नेता हुदाँ हुदै नेकपा एमालेले विश्वास गर्नु गलत भएको बताएका छन ।राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भएपनि त्यसको विपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाएका हुन् ।गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ ।तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहो¥याए ।

    गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ । नेकपा एमाले राष्टबादी पार्टि हो भन्ने देशी बिदेशी शक्तिलाई थाहा हुदाँपनि सबै लागेका देखिन्छन ।नेकपा एमालेको राष्टब्यापी प्रभाव जो छ एक्लैले बहुमत ल्याउने जनलहर देखेपछि विचार नमिल्ले हरु संग गठबन्धन गरेर प्रचण्डले त्यसलाई रोक्नका लागी काग्रेश संग गठबन्धन गरेका र अन्तिममा प्रधानमन्त्री पद नपाउने देखिपछि नेकपा एमाले संग आएर सत्ता साझेदार गर्ने भन्दै पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउनु गलल भएको सचिव भट्राइले बताए । त्यसैले प्रधानमन्त्रीको अनैतिक काम देखेपछि सत्ता समिकरणमा बस्नु औचित्य नभएपछी प्रधानमन्त्री लाई दिईएको सर्मथन फिर्ता लिइएको बताए ।विचार नमिल्ले संगको गठबन्धन भएको छ यो सरकार पाँच बर्ष टिकेपनि आपनोे पार्टि संग कुनै मतलब नभएको र नेपाल कम्युनिष्ट पार्टि (एमाले) सरकार ढाल्ने,गिराउने तर्फ कुनै अग्रसर नहुँने र बरु जनताका मुद्धामा सदन र सडकमा खवरदारि गदै सशक्त प्रति पक्षको भुमिकामा रहदै संविधान लोकतन्त्रको रक्षा गर्ने बताएका छन । उनले देशको आर्थिक अबस्था गत दूई बर्ष देखि दिनानु दिन खस्कदै गहेको छ । त्यस प्रति सरकार बेखर भएको बताएका छन ।

    प्रतिक्रिया दिनुहोस