आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  Breaking News

बिद्यालयलाई ११ रोपनी जग्गा दान

  • रारा रैबार
  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित
  • ९५६ पटक पढिएको
  • रारारैवार संवादादाता
    असोज २२

    मुगुमुगु जिल्लाको सोरु गाउँपालिका–२ जडेपानी गाउँका ९ जना स्थानीयले करिव ११ रोपनी भोकचलन गर्दै आएको जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई चन्दा दिएका छन । आफना छोराछोरीलाई घरमै गुणस्तरीय पढाई होस जिल्ला बाहिर पढन जानु नपरोस भन्ने हिसावले स्थानीयले माध्यमिक बिद्यालयको नाममा निशुल्क जग्गा दान गरेका हुन ।

    जडेपानी गाउँका नरजंग शाही र टोपबहादुर शाहीले १५ सय बर्गमिटर, मेलबहादुर शाही र मञ्जन शाहीले ७ सय बर्गमिटर, दलबहादुर मल्लले ३ सय ५० बर्गमिटर,मानबहादुर शाहीले १ सय ३२ बर्गमिटर जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई निशुल्क चन्दा दिएको र सोही गाउँका कर्मकला शाहीले १ सय १७ बर्गमिटर, मिमा शाहीले २ सय ४२ बर्गमिटर र भरत शाहीले १ सय ५७ बर्गमिटर जग्गा निशुल्क बिद्यालयलाई चन्दा दिएको जनज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक सुवास रावलले बताउनु भयो ।

    २०३४ सालमा स्थापना भएको उक्त माध्यमिक बिद्यालयमा कक्षा देखि १२ सम्म पढाई हुने गरेको छ भने कुल बिधार्थी संख्या ७ सय भन्दा बढी अध्यायनरत छन । शिक्षक सहित कर्मचारीको संख्या २३ जना कार्यरत छन ।

    प्रतिक्रिया दिनुहोस