आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

बिश्व पर्यटन दिबसको अबसमा गमगढीमा सरसफाई

  • रारा रैबार
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित
  • १६९१ पटक पढिएको
  • रारा रैवार संवाददाता 
    असोज १० मुगु
      मुगुमा ४० औ बिश्व पर्यटन दिबसको अबसरमा धार्मिक स्थल तथा बजार सरसफाई गरिएको छ । नेपाल युवा परिषद जिल्ला शाखा मुगुको आयोजनामा र युवाहरुको सहभागतीता  बिश्व पर्यटन दिबसको अबसरमा मुगुमा रहेका पर्यटकिय ,तथा धार्मिक स्थलको सरसफाई गरिएको हो ।  
    सरसफाई कार्यक्रम पछीको कार्यक्रममा बोल्दै नेपाल युवा परिषद जिल्ला शाखा मुगुका संयोजक कृष्ण बहादुर बाहोराले पर्यटन प्रवर्धन गर्न र ओझलमा परेका धार्मिक तथा पर्यटकिय स्थलको  प्रवद्र्धन गर्न नेपाल युवा 
    परिषदले देशैभरी धार्मिक तथा पर्यटकिय स्थलको सरसफाई गर्ने निर्देशन अनुरुप नेपाल युवा परिषद जिल्ला शाखामुगुको आयोजनमा मुगुमा पनी धार्मिक तथा पर्यटकिय स्थल, बजार सरसफाई गरीएको बताए । 
    उनका अनुसार कर्णाली प्रदेशमा पर्यटकिय स्थल ,धार्मिक स्थल ,तथा सांस्कृतिक सम्पदाको सम्भावाना धेरै छ । 
    तर प्रचारप्रसार नहुदाँ कर्णाली प्रदेशका पर्यटकिय स्थल ओझलमा छन ।  अब कर्णालीको पर्यटकिय स्थल धार्मिक स्थल चिनाउन युवाहरुले चासो दिनु पर्ने बताए । युवा परिवर्तनका संवाहक हुन । 
    अरुको भर पर्नु भन्दा प्रत्येक युवाले आफनो गाउ ठाउँ , जिल्लमा भएका पर्यटकिय स्थल धार्मिक स्थलको प्रचार प्रसार गर्नमा जुट्नु पर्ने  संयोजक  बोहोराको भनाई  छ । कार्यक्रममा सहभागी युवाको जमातले पर्यटनको संरक्षण गर्नु पर्ने आवज निकाले । 
    उनीहरुले  जिल्लाको विभिन्न क्षेत्रमा रहेका प्राकृतिक सम्पदा रारा ताल , छायाँनाथ मन्दि ,चखेली हिमाल, थार्प मस्टा लगायतका पर्यटकिय स्थलको प्रचारप्रसार गरेर पर्यटक भित्राउन सके मुगुको समृद्धि हुने बताएका छन  । 
    कर्णाली प्रदेशको समग्र पर्यटकिय सम्भावनाका बारेमा प्रदेश सरकार र स्थानीय सरकारले कार्ययोजना बनाई संरक्षण प्रर्वधन गनुपर्ने सहभागी युवाहरुको भनाई छ । सरसफाई कार्यक्रमा जनप्रनिधि , सुरक्षाकर्मी , नागरिक समाज, समाजसेवि कर्मचारी लगायतको सहभागी रहेको थियो । 
    यसै बिच नेपाल युवा परिषद जिल्ला शाखाले शुक्रबार देखि पुर्णता पाएको छ । कृष्ण बहादुर  बोहोराको संयोजकत्वमा १३ सदस्यि कार्य समित चयन गरिएको छ । 
    यस अघि नेपाल युवा परिषदको संयोजक र सहसंयोजक चयन भएका भएपनी अन्य पदाधिकारी चयन भएका थियनन् । आज बाट कार्य समितिले १३ सदिस्य चयन गरिएको नेपाल युवा परिषद जिल्ला शाखा मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस