आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

भारतमा एकै दिन थपिए दुई लाख ८२ हजार संक्रमित

  • रारा रैबार
  • २०७८ माघ ५, बुधबार मा प्रकाशित
  • ५७० पटक पढिएको
  • भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अधिकारीहरुले जनाएका छन्।

    भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहरुले जनाएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १८ लाख ३१ हजार रहेको छ। सक्रिय संक्रमितमध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट अघिल्लो दिनको तुलनामा बुधबार संक्रमितहरुको संख्या ०.७९ प्रतिशत बढी रहेको छ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९३।८८ प्रतिशत रहेको जनाइएको छ।

    पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या चार लाख ८७ हजार २०२ रहेको छ। कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजार भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस