आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

  • रारा रैबार
  • २०७८ माघ ११, मंगलबार मा प्रकाशित
  • ५४६ पटक पढिएको
  • भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ ।

    हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।

    गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतमा अहिले २२ लाख ३६ हजार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आउँदो फेब्रुअरी १५ पछि कोरोना सङ्क्रमण पुष्टि हुने दर कम भइ जनजीवन सामान्य बन्ने बताएको छ । तेस्रो लहरमा सङ्क्रमण धेरै भए पनि खोपको प्रभावका कारण असर निकै कम भएको र अब आउने लहरहरु अझै सजिलोसँग पार गर्न सकिने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस