आज: २०८१ बैशाख २३, आईतबार
ePaper
होमपेज /  Breaking News

भ्रष्टचारीलाई कारवाहीको माग गर्दै मुगुमा प्रदर्शन

  • रारा रैबार
  • २०८० जेष्ठ १, सोमबार मा प्रकाशित
  • १३१ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    जेठ १ मुगु

    नक्कली भुटानी श्रणरार्थी प्रकरणमा मुछिएका र अनुसन्धानमा आउन बाँकी रहेका सबैलाई कारवाहीको माग गदै मुगुमा प्रदर्शन गरिएको छ ।नेपाल पत्रकार महासंघ मुगु शाखा र नागरिक समाजको अगुवाईमा सोमबार भ्रष्टचारी माथि कारवाही र विभिन्न प्रकरणका दोषिमाथी कारवाहीको माग गर्दै सोमबार प्रदर्शन गरिएको हो ।

    भ्रष्टचारीलाई कारवाही गर, ठुला साना भनी कारवाहीमा विभेद नगर, भ्रष्टचारीको लिङ्ग हुदैन । प्रधानमन्त्री गृहमन्त्री अघि बढ हामी तिम्रो साथमा छौँ, सानालाई कारवाही ठुलोलाई हाईहाई बन्द गर, ठुला ठुला आयोजना र विकासमा अनियमिताको खोजी गर, सार्वजनिक भएका विभिन्न काण्ड, अनियमितामा कारवाहि अघि बढाउ जस्ता नारा लेखिएका काड बोकेर प्रदर्शनकारीहरुले गमगढी बजार परिक्रमा गरेका थिए ।
    सहभागीहरुलाई सम्वोधन गर्दै नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले भ्रष्टचारले देश दलदलमा फसेको र अहिलेको आर्थिक संकट आउनुको मुख्य कारण पनि देशमा भ्रष्टचार धेरै भै भ्रष्टचारीहरुले पैसा घर र विदेशमा थन्क्याएको बताउनु भयो ।

    कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ मुगु शाखाका उपाध्यक्ष दान बहादुर बुढाले विभिन्न समयमा अडियो, भिडियो र सहित चर्चा परिचर्चा भएर भ्रष्टचारका दर्जनौ प्रकरण बाहिर आएपनि कारवाही र अनुसन्धान गर्ने निकाय मौन बसिदिँदा ती काण्ड हराउने गरेको बताउँदै अब सबै काण्डमाथि सरकार र मातहतका निकायले अनुसन्धान र कारवाही अघि बढाउनु पर्ने बताउनु भयो ।

    (यालीमा सहभागी पत्रकार नन्दबहादुर रोकायाले नेपाल सरकार, गृह मन्त्रालय , प्रशासन, सुरक्षा निकाय, सम्पती शुद्धिकरण आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले जिल्लादेखि केन्द्रसम्मका ठुलो योजनामा अनियमिता बारे शुष्म अनुसन्धान गरि दोषीमाथि कारबाही गर्नुपर्ने बताउनु भयो ।

    नेपाल पत्रकार महासंघ मुगु शाखा र नागरिक समाज मुगुको आयोजनामा उक्त ¥याली निकालिएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताउनु भयो ।

    यसै बीच सोमबारै विपक्ष दल नेकपा एमाले सम्वद्घ अनेरास्वियु र राष्ट्रिय युवा संघ नेपाल मुगुको आयोजनाका भ्रष्टाचार विरुद्घ नारा लगाउँदै (याली निकालिएको थियो । युवा संघ मुगुका अध्यक्ष नेत्रजङ्ग रावलको अगुवाईमा भएको प्रदर्शनमा एमाले निकट भातृ संगठन, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस