आज: २०८१ बैशाख २४, सोमबार
ePaper
होमपेज /  Breaking News

मिनि रारा गोल्डकप फुटबलको उपाधि भामवाडा लाई

  • रारा रैबार
  • २०७६ कार्तिक १०, आईतबार मा प्रकाशित
  • ८०१ पटक पढिएको



  • नन्द बहादुर रोकाया

       कार्तिक १० मुगु

    बिजयादशमी तथा शुभदिवाली २०७६ को शुभ अबसरमा श्रीनगर युवाद्धारा आयोजित मिनिरारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भामवाडा फुटबल क्लबले जितेको छ ।आईतबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा ए वान स्पोट क्लबलाई पेनाल्टी शुटबाट पराजित गर्दै भामवाडाले उक्त उपाधि जितेको हो । 

    खेल शुरु भएको ५ मिनेट भित्रै पहिलो गोल ए वान स्पोट क्लबले गरेको भए पनी  खेलको १८ औ मिनेटमा भामवाडाले गोल फर्काए संगै निधारित समयमा खेल बराबरीमा सकिएपछि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको  थियो । शनीबार फुटबल खेल खेलीरहदा गोलको बिषय लाई लिएर विवाद भएको थियो । आईतबार समधान खोजी रेफ्रीको निर्देशन अनुसार खेल पुन खेलाईएको बताइएको छ 

    पेनाल्टी शुटमा ५र४ गोल अन्तरले ए वान स्पोट क्लबलाई पराजित गर्दै भामवाडा फुटबल क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । पेनाल्टीमा भामवाडाको ५ र ए वान को ४ भएको थियो । विजेता भामवाडा फुटबल क्लबले ३५ हजार हजार रकम सहित शिल्ड र पदक प्राप्त गर्दा उपविजेता ए वान स्पोट क्लबले  २० हजार प्राप्त गरेको छ । 

    यसै बिच महिलाको खेलमा  हिमाली भोटेले बिजेता र ए वान स्पोट क्लब उप बिजेता भएको छ । बिजेता हिमाली भोटेलाई ८ हजार रकम मेडल प्रमाण प्रत्र प्रदान गरीएको छ भने उपविजेता  ए वान स्पोट क्लब लाई  ५ हजार सहित मेडल प्रमाण प्रत्र प्रदान गरीएको आयोजक स्रोतका प्रवक्ता पदम राज मल्ले बताए । मिनि रारा गोल्डकप प्रतियोगितामा १४ पुरुष ३ महिलाको टिम सहभागी भएको थिय ।

    प्रतिक्रिया दिनुहोस