आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

मुगुका मनकारी नेता सभापती शाही स्वास्थ्य सामग्री वितरणमा जुट्दै

  • रारा रैबार
  • २०७७ अषाढ ९, मंगलबार मा प्रकाशित
  • १०४७ पटक पढिएको
  • नन्द बहादुर रोकाया
    असार ९ मुगु
    मुगु जिल्ला स्थित सरकारी कार्यालय,सुरक्षा निकाय,पत्रकार र वित्तिय सस्थाहरुलाई स्वास्थ्य सामगी्रहरु वितरण गरिएको छ ।नेपाली काँगे्रस जिल्ला कार्य समिती मुगुका सभापती खड्क बहादुर शाहीले मुगु जिल्लामा रहेका सरकारी कार्यालय,सुरक्षा निकाय,वित्तिय सस्था र पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्र्रीहरु हस्तानतरण गर्नु भएको हो ।

    कोरोना भाईरस ९कोभिड १९० कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा नफैयोस र सेवा प्रदायक कर्मचारीहरुले यो विषम परिस्थितीमा पनि ढुक्कसंग जनतामा सेवा प्रवाह गर्नु सकोस भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट,थर्मगन,सेनिटाईजर,मास्क,रोग प्रतिरोधात्मक औषधी सहयोग गरेको पाटी सभापती शाहीले बताउनु भयो ।

    उहाँले भन्नु भयो जिल्लामा रहेका २१ वटा बैक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामगी्र वितरण गरेका छौ ।
    सभापती शाहीले लकडाउनका बेला काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा अलपत्रप परेका १७७६ सर्वसाधारण हरुलाई राहत सामगी्र वितरण गर्नु भएको थियो भने भारतबाट नेपाल आउदा नाकामा अलपत्र परेका मुगालीहरुलाई जिल्लामा ल्याउन पहल गर्नु भएको थियो ।
    जिल्लामा कृयाशिल राजनैतिक दलहरु गुमनाममा रहेका बेला जिल्लामा पुगेर स्थानिय सरकारी,सरकारी तथा बैक वित्तिय सस्थालाई स्वास्थ्य सामगी्रहरु सहयोग गर्दा स्थानिय तथा कर्मचारीहरु खुशी भएका छन ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबल बहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामगी्रले मात्र कोरोना रोकथाम,नियन्त्रण,उपचार र राहतमा प्रयाप्त नहुने भएकाले यो कार्यमा नेपाली काँगे्रसले गरेको सहयोग थप बल प्रदान हुने बताउनु भयो ।
    कार्यालयमा सर्वसाधारण आउदा सेवा दिदा र लिदा दुवै पक्ष डराउनु पर्ने अवस्था थियो पिपिई सेट,थर्मलगन र अन्य स्वास्थ्य सामगी्रहरु पाएका छौ अब कार्यालयमा एक फोकल पर्सन तोकेर गेट मै सेवाग्रहिको तापक्रम लिने र सेवा दिने काम गछौ भेटनरी तथा पशुसेवा अस्ताल मुगुका प्रमुख भिमचन्द्र बुढाले भन्नु भयो ।

    कार्यक्रम मै सभापती शाहीले माडवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निशुल्क प्रदान गरिएको औषधी समेत वितरण गर्नु भएको थियो । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधी उपलब्ध गराएबो छ ।
    औषधी लगायत अन्य सामगी्र मुगु जिल्लामा रहेका ४ स्थानिय तहहरु मध्य सोरु गाँउपालिकालाई हस्तानतरण गरिसकेको र बाँकी स्थानिय तहहरु छायाँनाथ रारा नगरपालिका,खत्याड र मुगुम कार्मारोङ्ग गाँउपालिकालाई निकट दिन मै उपलब्ध गराउने र स्थानिय तहहरु मार्फत ति सामगी्रहरु स्थानिय जनताले पाउने पनि सभापती शाहीले जानकारी गराउनु भयो ।

    प्रतिक्रिया दिनुहोस