आज: २०८१ बैशाख २६, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगुको पानी हुम्लाको लगानीमा बल्यो बत्ति

  • रारा रैबार
  • २०७५ अषाढ ३१, आईतबार मा प्रकाशित
  • ५६० पटक पढिएको
  • नरजन तामाङ
    हुम्ला ३१ असार 

    ८ वर्ष अगाडी सुरु गरिएको नेहर खोला लघु जल विद्युत आयोजनाको काम सकिएको छ । हुम्ला जिल्लाको सर्केगाड गाँउपालिका—१ जैर र मुगु जिल्लाको सोरु गाँउपालिका—५ नेहर गाँउका स्थानियहरुलाई लक्षित गरी यो लघु जल विद्युत निर्माण कार्य गरिएको हो  हुम्लाको जैर गाउँमा कुनै बक्ती बल्ने कुनै पानीको मुहान नभएपछि नेरघाट र जैरले मिलेर पानीको एक स्रोतबाट दुई जिल्लाका गाउँहरुलाई उज्यालो गर्न ६५ किलो वार्डको नेरघाट साना जल विद्युत आयोजनाको काम सुरु गरिएको थियो ।आप्नो गाउँमाखानेपानीको समय पर्याप्त मुहान नभएपछि मुुगुको नेरघाटका स्थानीयसँगको सल्लाहमा एकै पानीको मुहानमार्फत बत्ती बाल्ने सहमती भएपछि बत्ति बाल्न सफल भएको निर्माण समितिका अध्यक्ष समेत रहेका सर्केगार्ड गाउँपालिका १ जैरका ज्ञामी बुमीले  भने जिल्ला फरक भएपनि विकासमा सहकार्य गरेमा हुन्छ, भन्ने नमुना देखाउन हामीले नेरघाट साना लुघ जल विद्युत आयोजना सुरु गरेका हौ । २०६८ सालदेखि तत्कालिन साविकको फोतु गाउँ विकस समिति मुगुले सुरु गरेको भएपनि निर्माण कार्यले तदारुकता नलिएपछि आफनो सहकार्यको पहल गरेर दुई वटै जिल्लाका स्थानीयको श्रम लागतमा आयोजनाको काम सम्पन्न भएको बुमीले बताए । सघिय सरकारले भनेझै समृद्ध नेपालमा सुखी नेपाली बन्न जैर र नेरघाटका नागरिकले गरेको काको सिको गर्न पर्छ । हुम्ला र मुगुको सिमा पर्ने चंखेली लामो समयदेखि विवाद कायमै रहेको छ ।एक गाउँपालिका रहेको हुम्लाको सिमकोट गाउँपालिकाको वडा नम्बर १ दोजाम र २ ठेहे बिच जंगलको सिमाना विवाख समेत समाधान भएको छैन । बत्ति उदघाटन गर्ने नेरखोला पुगेका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाले भने वडा पालिका भन्दा जिल्लानै फरक भएका नेरघाट र जैरका स्थानीयको पहलमा सम्पन्न भएको नेरखोला लघु जल विद्युत सामुदायिक मेलमिलापको नमुना योग्य काम भएको यहाँका स्थानीयहरुबाट सिको सिक्नुपर्ने बताए । भौगोलिक विकटता र आर्थिक श्रोत अभावले रोकिएको उक्त आयोजना आफु निर्वाचित भएपछि ५० लाख रक विनियोजन गरेर बक्ति बाल्न योग्य भएको सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । उनले भने आगामी दिनहरुमा नेरजलविद्युत आयोजनाका लागि जस्तो सुकै सहयोग गर्ने पनि तत्पर रहने अध्यक्ष रोकायाले बताए । 
    ३ करोड १५ लाखको लागतमा निर्माण
    वैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको २ करोड ५० लाख हुम्लाको सर्केगार्ड गाउँपलिकाको ५० लाख मुगुको सोरु गाउँपालिकाबाट १५ लाख गरी कुल ३ करोड १५ लाखको लागतमा नेरखोला जल विद्युत आयोजना सम्पन्न भएको छ । ६५ किलोवाट विद्युत हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका १ जैरका ३ सय र मुगु जिल्ला सोरु गाउँपालिका ५ नेरका २ सय गरी ५ सय घरधुरीलाई विद्युतीकरण जोडीएको सर्केगार्ड गाउँपालिका १ का वडाध्यक्ष गोकुल बुढाले बताए ।सबै सामन नेपाली सेनाको हेलिकप्टर मार्फत ढुवानी गरी ६५ किलोवाट बिधुतउत्पादन गरी गाँउलेहरुको बिजुलीबालेर उज्यालोमा बस्ने सपना अब पुरा भएपछि स्थानीयहरुको मुहार सुखी देखिन थालेको छ । दुरीका हिसाबले हुम्ला सर्केगार्ड गाउँपालिकाको जैर र मुगुको सोरु गाउँपालिकाको नेहर गाउँ आफना सदरमुकामदेखि २ दिनको टाढा रहेका छन मुगुको पानी हुम्ला जिल्लाको लगानीमा ६५ किलोवाटको विद्युत निर्माण भएपछि स्थानीयहरु हर्षित भएको छन ।

    प्रतिक्रिया दिनुहोस