आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुको समता स्कुलका विद्यार्थीको बिचल्ली

  • रारा रैबार
  • २०८० जेष्ठ १, सोमबार मा प्रकाशित
  • १४५ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    जेठ १ मुगु

    मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ। २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन्।

    मदन बहादुर हरि बहादुर फाउण्डेशनद्वारा सञ्चालित २०७५ सालमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सञ्जेल र सुदर्शन पौडेलले मुगुमा विद्यालय स्थापना गराएका थिए। ५ वर्षको नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समतामा अध्ययनरत १३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ।

    विद्यालय सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाले २ कक्षासम्मको अनुमति दिइए पनि विद्यालयले ५ कक्षासम्म सञ्चालन गरेको छ।अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन। विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली विद्यालयले अद्यावधिक गराएको छैन।

    यो नहुँदा अरू विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानाध्यापक समुद्रकुमार मल्लले बताए। छायानाथ रारा नगरपालिकाले कक्षा २ सम्मको मात्रै अनुमति लिई कक्षा ४ सम्म कक्षा सञ्चालन गर्नु राम्रो नभएको बताए।

    विद्यालय नियमविपरीत चलेको आफूले थाहा नपाएको र गएको अन्तिम वार्षिक परीक्षाबाट मात्रै थाहा पाएको बताए।
    यहाँका ५ जना शिक्षकले पनि करिब ९ महिनादेखि तलब पाएका छैनन्। विद्यालय प्रशासन र संस्थापकको झूटो आश्वासनले ९ महिनादेखि आफूहरूले तबल नपाएको गुनासो गरे।

    यो विषय बुझ्न समता स्कुलका संस्थापक कर्णाली प्रदेशको जिम्मेवारी पाएका सुदर्शन पौडेललाई फोन गर्दा पत्रकारको परिचय पाएपछि फोन काटेका थिए। विद्यार्थीको नाममा लुट्न कसैलाई छुट छैन र यस्तै गर्ने हो भन्ने अन्य विद्यालयलाई पनि सजग रहनुपर्ने अवस्था आएको नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताए।

    प्रतिक्रिया दिनुहोस