आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

मुगुमा गठबन्धन दल भित्र रस्साकस्सी, अझै हुन सकेन सहमति

  • रारा रैबार
  • २०७९ बैशाख ५, सोमबार मा प्रकाशित
  • १०८७ पटक पढिएको
  • मुगु :  देशमा चुनावी माहोल तातिएको छ । जिल्ला जिल्लामा दलहरु उम्मेदवार छनोट लगायत बिजय कसरी गराउने भनेर दलहरु आ आफनै रणनितिमा ब्यस्त छन । त्यस्तै मुगुमा पनि उम्मेदवार छनोट र चुनावी रणनितिमा दलहरु लागी परेका छन । मुगुमा एकातिर एमाले छ भने अर्कोतिर कांग्रेस लगायत पाँचदलको गठबन्धनले चुनाब प्रतिस्पपर्र्धा गर्ने देखिए पनि एमाले हेर र पर्खको समयमा उम्मेदवार छनोट गर्ने दााउमा छ भने गठबन्धनमा आ आपनै पार्टि भित्रका अडानमा गठबन्धननले पुर्णता पाउँन सकिरहेको छैन ।

    २०७४ सालको मतपरिमाण अनुसार काग्रेशले तिन गाउँपालिका र एक गाउँपालिका नेकपा एमाले बिजय भएको थियो । मतपरिमाणका आधारमा जिल्लामा स्थानीय तहको बागबन्डा गर्ने भनेर सर्कुलर भएपनि यहाँ समाजबादीको अडानले गर्दा गठबन्ध टुंगोमा पुगन नसकेको नेपाली काग्रेशले जनाएको छ । सत्ताारुढ दलका नेताहरु छलफलमा व्यस्त भएको पनि हप्ता.दिन बढि भईसक्यो  जिल्लास्तरीय नेताहरु छलफलमा जुटेका छन तर हालसम्म टुंगो लाग्न सकेको छैन । गठबन्धनको विषयमा टुंगो लगाउन सबै दलका नेताहरु छलफलमा बाँधिए पनि हाल सम्म पनि गठबन्धन कै बारेमा अड्किएका छन् ।

    गठबन्धनमा रहेको नेकपा एकिकृत समाजबादी पार्टीले जिल्लाको सोरु गाउपालिकामा अध्यक्ष पदको उम्मेदवारको दावि गरे पछि हाल सम्म तालमेल नमिलेको नेपाली कांग्रेस मुगुका पार्टी प्रवत्ता प्रकाश शाहीले बताए । उनका अनुसार २०७४मा जिल्लाका चार वटा स्थानीय तह मध्ये ३ वटा पालिकामा नेपाली कांग्रेसले जितेकाले काग्रेशले प्रमुख पाउनु पर्ने प्रवत्ता शाहीको दावि छ ।

    यता नेकपा एकिकृत समाजवादि पार्टी मुुगुका अध्यक्ष धरम बहादुर शाहीका अनुसार केन्द्रिय सर्कुलर अनुसार ब्याख्या गर्ने हो भने यो सात बुदे सहमति समाजवादी पार्टीको हितको लागि बनाएको दावि गर्नु भएको छ । बर्तमान परिस्थिती अनुसार नेपाली कांग्रेस पहिलो पाटी , नेकपा माओवादी केन्द्र दोश्रो पार्टी , र समाजवादी पाटी नेकपा एमाले बाट २०७४ सालको स्थानीय चुनावमा भाग लिएर छुटिएर आई सके पछि हाम्रो पनि मुगुमा रहेका चार वटा स्थानीय तह मध्ये २ मा कांग्रेस , १ मा माओवादी र १ मा समाजवादिको प्रमुख नेतृत्वमा दावि रहेको शाहीले उल्लेख गर्नु भएको छ । नेकपा माओवादी केन्द्र मुगुका सुचना संरचार विभाग मुुगुका संयोजक देविकृष्ण रोकायाका अनुसार नेकपा माओवादी केन्द्र गठबन्धनको पक्षमा रहेको र सोही अनुसार अगाडी बढेको बताए ।

    अन्तिम सम्म गडबन्धनको पक्षमा रहेको उल्लेख गर्दे यदि गठबन्धन नभएको खण्डमा मित्रवत रुपमा चुनावी प्रतिस्पर्धा गर्ने बताए । नेपाली कांग्रेस मुगुका अनुसार हामि सके सम्म तालमेल गरेरै जाने हो यदि उनीहरुले तालमेलमा रस्साकस्सी गरे भने अन्तिममा एक्ला एक्लै चुनाव लड्ने नेपाली कांग्रेस पार्टी कार्यालय मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस