आज: २०८१ बैशाख २७, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगु,राराकी चेली मोडलीङमा अब्बल

  • रारा रैबार
  • २०७६ अषाढ २२, आईतबार मा प्रकाशित
  • ५०० पटक पढिएको

  • रारा रैवार सम्वाददाता 
    असार २२  रारा
    कणार्ली भन्ने बित्तिकै सबैको नजरमा भोकमरी ,अशिक्षा पिडैपिडाले गुज्रिएकको ठाउँ भन्ने सबैको मनमा छ । तर कणार्ली त्यस्तो छैन कणार्लीमा जन्मिएका ब्यक्तिले पनी  समाजरुपान्तरण देखि ठुला ठुला काम गरेका छन । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ ।

    अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन ।

    राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना  साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बा्धिक रोजाइमा परेको क्षेत्र हो ।

    युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने

     योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन जुनु जैसी आचार्य अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन  कणार्लीप्रदेशको मुगु जिल्ला त्यसमा विकग गाउँ सोरुगाउँपालीका वडा नं १० मा जन्मिएकी मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल जुनुले केहि म्युजिक भिडियोमामा आफ्नो जादुमय अभिनय प्रदर्शन गरि सकेकी छिन ।

    ११ कक्षा पढ्दै  गरेकी जुनुले सानै उमेरमा ३ वटा सौन्दर्य प्रतियोगितामा प्रतिस्प्रधा गरेर विभिन्न टाइटल समेत जित्न सफल भएकी छिन भने

     दर्जनौ र्याम्प सो हरुमा भाग लिएर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन । बिगत ६ बर्ष देखि काठमाडौँमा बसेर २ बर्ष देखि मोडलिङ क्षेत्रमा उनि सक्रिय छिन ।

    अभिनय तथा नृत्यमा पोख्त मोडल जुनु जैसी आचार्य सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो  । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन

    मुगुको रारामा जन्मेर हुर्केकी जुनु हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन  मोडल जुनु भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन 

    सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने जुनु अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिसरत छिन । जुनुले भनिन्न अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

     उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो  िएक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि जुनु बताउछिन।

    प्रतिक्रिया दिनुहोस