आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगु कर्णालीमा १ जना वेपत्ता

  • रारा रैबार
  • २०८० जेष्ठ ६, शनिबार मा प्रकाशित
  • २९७ पटक पढिएको
  • हाम्रो रारारैवार संवाददाता
    जेठ ६ मुगु
    काठे पुल तर्ने क्रममा खसेर एक जना वेपत्ता भएका छ्न् । मुगुम कार्मारोङ गाउँपालिका वडा न २ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदिमा बनेको काठे पुल तर्ने क्रममा खसेर मुगु जिल्ला कार्मारोङ गाउँपालिका वडा न २ मुगु गाउँ बस्ने ४० वर्षका ठिल्ले तामाङ नदीमा खसेर बेपत्ता भएका हुन् ।

    यार्सागुम्बा संकलन कर्तासँगै काठे पुल तर्ने क्रममा शुक्रबार संकलकर्ताको बाक्लो भिडका कारण तामाङ नदीमा खसेर वेपत्ता भएको बताइएको छ । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । वेपत्ता भएका ठिल्ले तामाङ यार्सागुम्बा संकलन समितिको सदस्य रहेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस