आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  Breaking News

मुगुमा पनि २७ बर्षिय एक युवकमा कोरोनाको संक्रमण

  • रारा रैबार
  • २०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित
  • ११५७ पटक पढिएको
  • नन्द बहादुर रोकाया
    जेठ २२ मुगु
    मुगु : देशभरका ७७ जिल्लाहरु मध्य ६१ जिल्लाहरुमा कारोना संक्रमण देखिदा रहदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टी भएको छ । जिल्लाको खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ बर्षिय युवाको विहिवार विहान कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्यावमा स्वाव पिसिआर परिक्षण गर्दा पोजेटिप रिपोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराउनु भयो ।

    संक्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टाईनमा बस्दै आएका थिए । कोरोना संक्रमित युवालाई विहिबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसुलेसनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताईएको छ ।

    हलेखाडा त्यहि क्वारेँटाईन हो जहाँ भारतबाट आएका ४८ जनालाई तरकारी फलाउन प्रयोग गरिने ग्रिनहाउसको पाल टागेर राखिएको छ । जिल्लाका रहेका चारवटा स्थानिय तहहरु मध्य सबै भन्दा बढी भारतबाट सोहि गाँउपालिकाका स्थानियहरु भित्रिएपछि सरोकारवालाहरुले यो गाँउपालिका कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको बताउदै आएका थिए ।

    संक्रमित रहेको क्वारेन्टाईनमा रहेका अन्य ४७ जनाको १ हप्तापछि आरडिटी परिक्षण गरेर मात्र घर पठाउने र जुम्लामा पिसिआर परिक्षणका लागी लोड बढी भएकाले एक हप्तासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक हप्तासम्म स्वाव संकलन नगरिने पनि डाक्टर नगरकोटिले बताए ।

    प्रतिक्रिया दिनुहोस