आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुुगुुको च्यार्कु लेख पाटनमा हिमपहिरोमा परी तीन जना बेपत्ता

  • रारा रैबार
  • २०८० बैशाख २३, शनिबार मा प्रकाशित
  • ३६३ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    बैशाख २३ मुगु

    मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका -२ च्यार्कु लेखमा शुक्रबार हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा जुम्लाको पातारासी गाउँपालिका-२ तप्फिका ४२ वर्षीय तारा सिंह सार्की, ३८ वर्षीय पूर्ण सार्की र सोही गाउँका ३६ वर्षीय वीर बोहोरा रहेका छन्।

    जेठ ४ गतेबाट लागू हुने गरी कार्मारोङ गाउँपालिकाले डोल्पु र मुगुम गाउँको पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि सर्वसाधारणका लागि खुला गरेको भएपनि १५ जना यसअघि नै त्यहाँ पुगेका पाइएको प्रहरीले जनाएको छ।सकंलन गर्ने समय अझै नभएको भन्दै गाउँपालिका र पुलु प्रहरीले टोलीलाई वैशाख १५ गते पुलु बजारबाट फर्काएको थियो।

    सोही दिन राति १५ जनाको टोली अर्को बाटो प्रयोग गरेर च्यार्कु लेख पुगेको जानकारी आएको र घटना शुक्रबार भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

    आफ्ना तीन जना साथी हिमपहिरोमा परेर बेपत्ता भएको उनका साथीहरूले जानकारी दिएका थिए। घटनास्थल पुग्न समय लाग्ने भएकाले त्यहाँ प्रहरी पुग्न सकेको छैन। उद्धार तथा खोजी गर्नका लागि प्रहरीलाई त्यहाँ पुग्न करिब दुई दिन लाग्छ।

    प्रतिक्रिया दिनुहोस