आज: २०८१ बैशाख १८, मंगलबार
ePaper
होमपेज /  Breaking News

यार्सा पाटनमा झडप हुँदा ५ जना घाईते

  • रारा रैबार
  • २०८० जेष्ठ ६, शनिबार मा प्रकाशित
  • २०९ पटक पढिएको
  • हाम्रो रारारैवार संवाददाता
    जेठ ६मुगु

    तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेकाहरु संकलकहरुलाइ नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् । मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ वाङ्गरीका पाटनहरुमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउपालिका स्थानीयहरुलाई वडा न १ डोल्फु गाउँका बासिन्दाहरुले नियन्त्रण गर्न खोज्दा झडप भएको बताइएको छ ।

    घाइते हुनेहरुमा मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ डोल्फु गाउका कार्मा लामा, पेमा आङ्गडाल लामा, छिरिङ मिन्जुक लामा र २ जना अन्य घाइते भएको शसस्त्र प्रहरी नायव उपरिक्षक डम्वर रानाले बताए । २ गते राती झडप भएपनि घटना स्थलमा सञ्चारको कुनै विकल्प नभएपछि ३ गते विहान गाउँलेहरु मोवाइलको नेटवर्क टिप्ने ठाउँमा पुगेर जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पुलुलाइ खबर गरेका थिए ।
    खवर पाउनासाथ सुरक्षा टोलि घटना स्थल तर्फ हिडेर ५ गते घटना स्थलमा पुगि घाइतेलाइ सुरक्षित राखी झगडा गर्ने ४ जनालाइ सुरक्षाकर्मीकर्मीले नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम तर्फ ल्याइरहेको प्रहरी नायव उपरिक्षक महेश बस्नेतले बताए ।

    घाइते मध्ये छिरिङ्ग मिन्जुक लामा २ महिनाकी गर्भवती हुन् । घाइते तीनमध्ये छिरिङ्ग र कार्मा बढी घाइते भएको प्रहरीले जनाएको छ । तीनै जनालाइ उपचारको लागि सदरमुकाम तर्फ ल्याउदैं गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी गराए ।मुगुका पाट्नहरुमा यार्सा टिप्नका लागि शुक्रबारबाट मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश खुला गरेको थियो । यसअघि गत वैशाख २२ गते जुम्ला जिल्ला पातारासी गाउपालिका तल्फी गाउँका १५ जना चोरी बाटो भएर मुगुका पाटनहरुमा जादा हिउँ पहिरोमा पनि ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरु अझै फेला पर्न सकेका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस