आज: २०८१ बैशाख २३, आईतबार
ePaper
होमपेज /  प्रदेश नं. ६

योजना तर्जुमाका ७ चरण पार गरी योजना छनोट गर्नुु पर्ने

  • रारा रैबार
  • २०८० जेष्ठ ६, शनिबार मा प्रकाशित
  • १४३ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    जेठ ६ मुगु
    सोरुगाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु लाई योजना छनोट योजना तर्जुुमा प्रक्रिया सम्बन्धि जानकारी गराईएको छ । स्थानीय तहमा वार्षिक योजना छनोट प्रकृयालाई सहभागिमुलक तथा समावेशि बनाउनको लागि सोरु गाउँपालिकाका जनप्रनिधि कर्मचारी हरुलाई योजना छनोट योजना तर्जुुमा प्रक्रिया सम्बन्धि जानकारी गराईएको हो । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र यूरोपेली संघ समावेशी संघीयता सहयोग परियोनाको प्राविधिक सहयोगमा ४ दिन सम्म सोरु गाउँपालिकाको वडा नंं. १ देखि ११ वडाका का निर्बाचित जनप्रतिनिधिहरु, पालिकामा कार्यरत शाखा प्रमुख, वडा सचिव, सामुदायमा आधारित संस्थाहरुका प्रतिनिधिहरुको सहभागीतामा स्थानिय योजना तर्जुमा प्रक्रियाको सात वटा चरणहरुका बारेमा जानकारी गराउने उदेश्यका साथ सोरुकोटमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ । उक्त कार्यक्रम पश््चात आर्थिक वर्ष २०८०÷८१ को लागि तर्जुमा गरिने योजन छनोट प्रकृयालाई सहभागीतामुलक र समावेशी वनाई योजना छलोट गर्न वडाहरुले वनाएको कार्य योजना तथा स्थानिय तहको वार्षिक योजना तर्जुमा दिग्दर्शन, २०७८ ले गरेको व्यवस्था अनुसार सोरु गाउँपलिकाको ११ वटै वडाका वडा कार्यलयहरुले सवै वस्तीहरुमा योजना छनोट गर्ने कार्य सम्पन्न गरेका छन ।
    वाार्षिक योजना तर्जुमा गर्दा वस्ती वस्तीवाट जनताहरुको वास्तविक आवश्यकताको पहिचान र प्रथामिकिकरण गरी आयोजना तथा कार्यक्रमहरु छनोट गरी कार्यन्वयनमा लैजान सहज हुने भएकाले योजना छनोट प्रक्रियाका बारेमा जानकारी प्रदान गरिएको हो ।
    यो कार्यक्रमले बस्तीहरुवाट नै वास्तविक र आवश्यकतामा आधरित आयोजनाहरु छनोट गर्न सकिने तथा ति पहिचान र छनोट भई आएका आयोजना÷कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन गर्दा अपनत्वको विकास, आयोजनाको दीगोपन हुने साथै यसले पारदर्शित, जवाफदेहिता जस्ता पक्षहरुको विकास, सुशासन वृद्धि गर्दै समृद्धिको वाटोमा लिन सकिने भएकोले वर्षिक योजना तर्जुमाको ७ चरण मध्यको सवै भन्दा महत्वपूर्ण चरण वस्ती स्तरको योजना तर्जुमा गर्ने कार्यलाई अगाडी बढाईएको हो ।
    यसरी छनोट भई आएका आयोजना तथा कार्यक्रमहरुले आर्थिक विकास, समाजिक विकास, पुर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा सस्थागत विकाससँगै दीगो विकासका लक्ष्य पुरा गर्न, विकास कार्यलाई हरित उत्थानसिल समावेशि वनाउदै, लैङ्गीक समानता तथा सामाजिक समावेशिकरण सुनिश्चीत गर्न सकिने ग्रामिण समुदाय सेवा केन्द्र जि एस एस का कार्यक्रम संयोजक बासु राववले बताए । उनका अनुसार प्रत्यक्ष भोगि रहेको जलवायु परिवर्तनको समस्यासँग अनुकुलनका लागि आयोजना तथा कार्यक्रम छनोट लागि वस्ती स्तरवाट नै वार्षिक योजना तर्जुमा गर्ने कार्य स्थानिय पूर्वाधार सहयोग– कर्णाली पाइलट र यूरोपेली संघ समावेशी संघीयता सहयोग परियोनाको प्राविधिक सहयोगमा सोरु गाउँपालिकाले सम्पन्न गरेको बताएका छन ।

    प्रतिक्रिया दिनुहोस