आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

यो वर्ष भक्तालुहरु छायाँनाथ जान नपाउने 

  • रारा रैबार
  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित
  • ६२८ पटक पढिएको
  • SONY DSC

    रारारैवार संवाददाता
    साउन ८ मुगु
    मुगु जिल्लामा रहेका हिन्दु तथा बोद्ध धर्मालम्विहरुका साझा प्रमुख धार्मिक स्थलहरु छायाँनाथ र ऋणीमोक्क्ष धाममा यो बर्ष भक्तालु धर्मालम्विहरु जान नपाउने भएका छन । सरकारले लडडाउन अन्त्य भएको घोषणा गरेपनि कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरुमा विभिन्न ठाँउ तथा क्षेत्रहरुका भक्त्तालुहरुको भिडभाड हुने र कोरोना समुदाय स्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले श्रावण महिनामा छायाँनाथ र ऋणीमोक्क्ष धाममा आउने भक्तालुजनहरुलाई नपठाई दिन भन्दै पत्रचार गरेपछि यो वर्ष भक्तालुहरु मुगु आउन नपाउने भएका हुन ।

    बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले छायाँनाथ र ऋणीमोक्क्ष धाममा आफना कुल देउता,धामी,झाकी्रहरुलाई शुद्ध गराउन र मनोईच्छा प्राप्ती गर्न बढी भक्तालुहरु आउने जुम्ला,हुम्ला,डोल्पा,कालिकोेट र बाजुरा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखि त्यहाँ जिल्लाहरुबाट उल्लेखित धार्मिक स्थलहरुमा आउने भक्तजनहरुको आवत जावतलाई रोकिदिन हुन भन्दै अनुरोध गरेको छ ।

    मुगु जिल्लाको मुगुमकार्मारोङ्ग गाँउपालिकाको वडा नं १ डोल्फुमा रहेको छायाँनाथ धाम र जिल्ला कै छायाँनाथ रारा नगरपालिका वडा नं १०,११,१२ मा रहेको ऋणीमोक्ष्य धाममा वर्षेनी साउन शुक्लपक्ष देखि पुर्णिमासम्म देश भित्रका र छिमेकी देश भारतबाट समेत हजारौ तिर्थयात्रुहरु आफना कुल देवताको शुद्धी,नयाँ धामी,झाकी्र औतार गर्न,आफुले चाहेको बर माग्न र पितृहरुको सम्झना गर्न यहाँ आउने गर्दछन ।
    हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथाको १० औं अध्यायका अनुसार दक्षप्रजापतीले आफनो घरमा लगाएको महायज्ञमा ३३ कोटी देवी देवताहरुलाई बोलाएपनि भगवान महादेवलाई नबोलाउदा छोरी सतीदेवीले आफना बुवा दक्षप्रजापतीलाई नबोलाउनुका कारण बारे सोध्दा दक्ष प्रजापतीले महादेव बारे नानाथरीको आरोप लाल्छना लगाउदै आफनो बेईजेत रोक्न ३३ कोटी देवता ज्वाई छोरीलाई बोलाएपनि

    महादेवलाई नबोलाएको भनेपछि आफना पतिको बेईज्यत सहन नसकि यज्ञको होम कुन्डमा सतीदेवीले हामफाली प्राण त्याग गरेपछि महादेव विरक्त भै सतीदेवीको लास बोकी पृथ्वी लोकमा घुम्दै जादा सती देवीका अंग जहाँ जहाँ पतन भए ति स्थान शक्तिपिठका रुपमा स्थापना भएको र छायाँनाथमा सतीदेवीका अन्तीममा बाँकी रहेका सबै अंग पतन भएको उल्लेख भएकाले अहिले पनि भगवान महादेव सतीदेवीका अन्तिममा बाकी रहेका सम्पुर्ण अंग पतन भएको छायाँनाथ धाममा सतीदेवीको मायाले साक्षात रहि यतै बसेको हिन्दुहरु विश्वास गरिन्छ ।

    उता ऋणीमोक्ष तिर्थ स्थल बारे हिन्दु धर्मालम्बीहरु छाँयानाथमा महादेव बसेकाले उहाँको ध्यान सतीदेवीबाट मोक्क्ष गराउन अप्सरा तथा देवीहरुले ऋणीमोक्क्षमा नाचगान गरेको र महादेवलाई सतीदेवीबाट ऋणमोक्क्ष गर्न नसकेकाले अझै पनि स्वर्गका अप्सरा तथा देवी देवताहरु त्यहाँ रहेको भन्दै पुजाआजा र आफना पाप मोक्क्ष र बर प्राप्तीका लागी आउने गरेको पुजारी पुर्ण प्रसाद चौलागाई बताउनु हुन्छ ।

    हिन्दुधर्मालम्विहरुको प्रमुख आस्थाको केन्द मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरनाका कारण भन्दै आवगामनमा रोक लगाएपछि अव के गर्ने कसरी आउने भन्दै चिन्ता प्रकट गरेर टाढा टाढा जिल्लाहरुबाट आफुलाई सम्पर्क गर्ने गरेको ब्रामण लक्ष्मी प्रसाद उपाध्यायले बताए ।

    छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै महिना हिउ जम्ने हिमालमा भएकाले दैनिक पुजाआजाका लागी महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र ऋणीमोक्क्ष मन्दिरमा राखिदै आएका छन भने प्रत्र्यक वर्ष साउन महिनामा मात्र सुरक्षाकर्मी सहित गाध (मुर्ती)छायाँनाथ र ऋणीमोक्क्ष धाममा लिने गरिन्छ ।

    चैन गाँउमा रहेका मन्दिर छायाँनाथ रारा नगरपालिकाले पुर्ननिमार्ण गरिरहेकाले पनि यो वर्ष छायाँनाथको गाथ मन्दिरबाट ननिकाली बाहिरबाटै छायाँनाथ लगिने भएको छ । मन्दिर निमार्णको काम अन्तिम चरणमा पुगेको बजेटको अपुग नभएमा आगामी चैत भित्र मन्दिरको निमार्णक कार्य सकेर छायाँनाथको गाथ मन्दिरमा विराजमान गरिने योजना रहेको मन्दिर निमार्ण समितीका अध्यक्ष अस्विनी कुमार हमालले बताए ।

    प्रतिक्रिया दिनुहोस