आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  खेलकुद

रियल मड्रिड हार्‍यो तर, च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ४५८ पटक पढिएको
  • २८ बैशाख, काठमाडौं । रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
    बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले हराएको हो ।

    घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले १२ औं मिनेटमा नै निगुइजको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै अग्रता दोब्बर पारे ।
    खेलको ४२ औं मिनेटमा रियल मड्रिडका इस्कोले गोल गरेपछि पहिलो हाफ २–१ मा सकियो ।
    दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । र, मड्रिड डर्बीमा एथ्लेटिकोले २–१ को जित हात पार्‍यो  ।
    तर, पहिलो लेगमा ३–० को जित निकालेको रियल मड्रिड समग्रमा ४–२ गोल अन्तरले विजयी भएको छ र युभेन्टससँगको फाइनल भिडन्त पक्का गरेको छ ।
    स्रोत अन लाइन खबर 

    प्रतिक्रिया दिनुहोस