आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  अन्तरर्वार्ता

रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता कार्यकर्ता पक्राउ

  • रारा रैबार
  • २०७३ चैत्र २१, सोमबार मा प्रकाशित
  • १०९९ पटक पढिएको
  • २१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
    निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।

    स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।

    पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस