आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

लिउडी पुग्यो गाडी,स्थानीय खुसी

  • रारा रैबार
  • २०७८ माघ १०, सोमबार मा प्रकाशित
  • ८५२ पटक पढिएको
  • मोहन शाही, मुगु : छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीय बासी खुसी भएका हुन । कोटीला मेलवाडा,रन्जनबालै हुदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसंगै आईतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको हो ।

    गाउँमा गाडी पुगेपछि आफुहरुको वषौदेखि गाउँबाट गाडी चढ्ने सपना पुरा भएको स्थानियवासीले बताएका छन । छायाँनाथ रारा नगरपालिकाको लगभग ६७ लाख लगानीमा सडक निमार्ण भएको र सडक निर्माणका लागी उपभोत्ता समिति मार्फत डोजर प्रयोग गरेर सडक निमार्ण गरिएको जनाईएको छ ।
    कोटीला मेलवाडा,रन्जनबालै हुदै लिउडी सडकको आईतबार छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही र उप प्रमुख सुन्तला रोकायाले सयुक्त रुपमा रिवन काटेर सडकको उद्घाटन गर्नु भएको छ ।

    सडक उद्घाटन कार्यक्रममा बोल्नु हुदै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले चुनावका बेला लिउडी गाउँमा विधुत र सडक पु¥याउने वचन दिएकोमा अन्तिम कार्यकाल भएपनि सडक र बिधुत पु¥याउन सफल भएको बताए । छायाँनाथ रारा नगरपालिकाले छायाँनाथ रारा नगरपालिकाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य,उदेश्य बमोजिम करिब सबै वस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा बैशाख सम्म जसरी भएपनि सडक पु¥याउने नगर प्रमुख शाहीले बताए ।उनका अनुसार कोटीला मेलवाडा,रन्जनबालै हुदै लिउडी सडकलाई लाई घटट्लेख सम्मपनि जोडिने र नगरपालिकाको यो सडकलाई रिगंरोट बनाईने छ ।

    लिउडी गाउँमा सबै भन्दा बढी आलु उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहुदाँ आलु केहि सदरमुकाम गमगढी बजारमा बोकेर भएपनि बिक्रिको लागि ल्याउने गरिएको र धेरै कुहिर जाने गरेका स्थानीय हरिलाल सेजुवालले बताए । अब गाउँमा गाडी पुगेको छ , धेरै उत्पादन हुने आलु , सिमि बजारिकरणमा सहज हुने उनको भनाई छ ।

     

    प्रतिक्रिया दिनुहोस