आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

वडाध्यक्ष भामले सार्वजनिक गरे जनसेवामुखि कामको विवरण

  • रारा रैबार
  • २०७८ फागुन २२, आईतबार मा प्रकाशित
  • ७०९ पटक पढिएको
  • मुगु । जनसेवामुखि कामहरु गदै आएका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडाध्यक्ष बिष्णु कुमार भामले आफनो पाँच बर्षे कार्याकालमा गरेका बिभिन्न जनसेवामुखि कामको सार्वजनिक सुनुवाई गरेका छन् । राजनीती नेताहरुको कमाई खाने भाँडो हो भनेर जताततै बाट नेताहरुको आलोचना भैरहेका बेला अध्यक्ष भामले आफुले पाएको सेवा सुविधाबाट नागरिकका आबश्यकता अनुसारको सेवा गदै आएका र पाच बर्षे कार्याकाल सकिनै लाग्दा आफुले गरेका क्रियाकलापका बारेमा शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक सुनुवाई गरेका हुन् ।

    अधिकांश राजनीतिकर्मी, जनप्रतिनिधिले राजनीतीलाइ कमाई खाने भाँडो बनाएका छन् । राजनितीक सेवामुखि हुनुपर्छ राजनितीलाई कमाईको भन्दा सेवाको रुपमालिने आफनो सुरुदेखिको अभियान अन्तरगत यो पाँच बर्षे कार्यकालमा गरेका जनसेवामुखि कामका बारेमा जानकारी होस भन्ने उदेश्यकासाथ सार्वजनिक सुनुवाई गरिएको वडा अध्यक्ष बिष्णुकुमार भाम सचिवालयले जनाएको छ । नेपाली कांगे्रसको तर्फबाट २०७४ सालको स्थानिय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भामले निर्वाचित भए लगतै आफनो ५ वर्षे कार्यकालमा राज्यबाट प्राप्तहुने सेवा सुविधा जनताको सेवामा खर्च गर्ने भनेर पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका थिए ।

     

    सोहि अनुरुप स्थानिय जनप्रतिनिधीहरुको ५ वर्षे पदावधी सकिनै लाग्दा आफुले गरेका जनसेवाहरुको सार्वजनिकिकरण गरेको अध्यक्ष बिष्णुकुमार भामले बताए । अध्यक्ष पद सम्हाले देखि नगरसभा बैठक भत्ता ७० हजार, मार्षिक तलव ३१ महिनाको प्रतिमहिना २२ हजारका दरले ६ लाख ८२ हजार, वडा कार्यालय वैठक भत्ता ६० हजार, नगर कार्यपालिका बैठक भत्ता ९० हजार ५२५, दैनिक भ्रमण भत्ताबाट ७५ हजार, विभिन्न कार्यालयका बैठक, गोष्टी, तालिमबाट प्राप्त १ लाख ७५ हजार गरि कुल ११ लाख ५२ हजार ५२५ नगद आफुले प्राप्त गरेको उनले बताए । उनले भने, ‘सो रकमबाट मैले छायाँनाथ रारा नगरपालिका वडा नं १ देखि १४का विभिन्न बस्तिमा रहेका बिद्यार्थी असाय, गरिब, दलित, विपन्न व्यक्ति तथा परिवारहरुलाई विभिन्न राहत सामान सहयोग गरेको छु ।’

     

    व्यक्ति तथा घर परिवारलाई मात्र नभएर अध्यक्ष भामले आफुले पाएको सेवा सुविधाबाट विभिन्न खोलाहरुमा काठेपुल, सार्वजनिक शौचालय, विद्यालयहरुलाई शैक्षिक सामगी्र, बाटो, धाराहरु पनि निमार्ण गरिएको बताए । ७५३ वटा स्थानिय तहहरुमा कार्यरत जनप्रतिनिधीहरु मध्य सायद कान्छा जनप्रतिनिधी भामले आफुले पाएको सेवा सुविधा व्यक्तिगत लाभमा प्रयोग नगरेर सामाजिक काममाखर्च गर्दा नगरपालिकाभित्रका २ हजार ७ सय २४ जना व्यक्ति प्रत्यक्ष र २० हजार भन्दा बढी जनता अप्रत्यक्ष लाभाम्बित भएका छन ।

    ६० महिने कार्यकाल मध्य ३१ महिनाको प्राप्त सेवा सुविधाको रकमबाट यो अवधीमा ५० वटा सामाजिक सेवाका काममा खर्च गरेको र बाकी २९ महिनाको सेवा सुविधा पाएपनि यस्तै जनमुखि काममाखर्च गर्ने र लाभदायी अन्य राज्यबाट दिईने सेवा सुविधा सबै यसरी नै दिनदुखिको सेवामा खर्च गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस