आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  Breaking News

वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

  • रारा रैबार
  • २०७८ पौष १२, सोमबार मा प्रकाशित
  • ७७५ पटक पढिएको
  • हस्त भाम , मुगु । जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निमार्ण सम्पन्न भएका दुई भवन आधारभुत स्वास्थ्य केन्द्र र वडा कार्यालय भवन आईतबार नगर प्रमुख हरिजंग शाहीले विधितवत रुपमा उद्घाटन गरि भवन वडा कार्यालय लाई हस्तान्तण गरेका हुन ।


    निमार्ण सम्पन्न भएका वडा नं ६ का वडा कार्यलय भवन र आधारभुत स्वास्थ्य केन्द्र भवन वडा कार्यालयलाई हस्तान्तण गरीएको र बाँकी वडाकार्यलय भवन र आधारभुत स्वास्थ्य केन्द्र भवन निमार्णधीन अवस्थामा रहेकाले निमार्ण सम्पन्न पश्चात उक्त भवन पनि वडा कार्यालय लाई हस्तानण गरिने नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार नगरपालिका भित्रका प्रत्येक १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिने छन । सेवा र स्वास्थ्यको सहज पहुँचकालागि छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका प्रत्येक वडामा ४५ लाख बराबरको वडा कार्यालय भवन तथा ३८ लाख बराबरको आधारभु स्वास्थ्य सेवा केन्द्रका भवन निमार्ण भईरहेका छन ।

    अहिले सम्म वडा ८ नम्बर ,९ नम्बर वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन र वडा नम्बर ३को पनि आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निमार्ण पश्चात सम्बन्धित वडा कार्यालयलाई हस्तान्तण गरिसकिएको छ । आईतबार निमार्ण सम्पन्न भएका वडा नं ६ कोटीलाका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्र भवनपनी हस्तान्तण गरिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

    बाँकी वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निमार्णधीन अवस्थामा छन । घरको आगनमै स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि छायाँनाथ रारा नगरपालाका वडा नं ६ का स्थानीय अब बिरामीलाई उपचारमा सहज हुने बताउछन । सामान्य बिरामी भए घण्टौं हिडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको भन्दै सबैको मुहारमा खुसी छाएको छ । यसलाई अझै नियमित र ब्यबस्थित गर्नु पर्ने नागरिकका सेवा र सुविधाका निम्ति वडा कार्यालयले पनि नगरपालिका संग समन्वय गरि हरेक सेवा सुविधाको ब्याबस्था गरिनु पर्ने वडा नं ६ का स्थानीयहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस