आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  Breaking News

वडा र स्वास्थ्य केन्द्र भवन वडा कार्यालय लाई हस्तान्तण

  • रारा रैबार
  • २०७७ माघ ७, बुधबार मा प्रकाशित
  • ११११ पटक पढिएको
  • रारा रैवार संवाददाता
    माघ ७ मुगु
    मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका ले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रका भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ८ शिवनगर ढोटुमा निमार्ण सम्पन्न भएका दुई भवन आधारभुत स्वास्थ्य केन्द्र र वडा कार्यालय भवन र गत शुक्रबार र वडा नं ९ मुर्मामा निमार्ण सम्पन्न भएको आधारभुत स्वास्थ्य केन्द्र गत मंगलबार छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले उद्घाटन गरि भवन वडा कार्यालय लाई हस्तान्तण गरिएको छ ।

    अहिले निमार्ण सम्पन्न भएका वडा नं ८ र ९ वडाका वडा भवन र आधारभुत स्वास्थ्य केन्द्र वडा कार्यालयलाई हस्तान्तण गरीएको छ । बाँकी वडा निमार्णधिन अवस्थामा रहेकाले निमार्ण सम्पन्न पश्चात ति भवन पनी वडा कार्यालय लाई हस्तानण गरिने नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार नगरपालिका भित्रका प्रत्येक १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिने छन ।

    नागरिकको सेवा र स्वास्थ्यको सहज पहुँचका लागी छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका प्रत्येक वडामा ४५ लाख बराबरको वडा कार्यालय भवन तथा ३८ लाख बराबरको आधारभु स्वास्थ्य केन्द्र निमार्ण भईरहेका छन । अहिले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्र भवन मात्र वडा कार्यालय लाई हस्तान्तण गरिएको छ । बाँकी निमार्णधिन अवस्थामा छन ।

    घरको आगनमै स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि छायाँनथ रारा नगरपालाका वडा नं ८र ९ का स्थानीय अब बिरामीलाई उपचारमा सहज हुने बताउछन ।
    सामान्य बिरामी भए घण्टौ हिडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको भन्दै सबैको मुहारमा खुसी छाएको छ ।यसलाई अझै नियमित र ब्यबस्थित गर्न गर्नु पर्ने नागरिकका सेवा र सुविधाका निम्ति वडा कार्यालयले पनी नगरपालिका संग समन्वय गरि हरेक सेवा सुविधाको ब्याबस्था गरिनु पर्ने वडा नं ९ का स्थानीय लोक रोकायाले बताए ।

     

    प्रतिक्रिया दिनुहोस